2026-09-19 01:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखाको उपहार : सफलताकासाथ दोस्रो सातामा प्रवेश

चैत २, काठमाडौँ | गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको  छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन ।  दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म उपहार यतिबेला देशभरका हलहरुमा सफलताकासाथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले मालिकापछि यो फिल्मबाट ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेकाे चर्चा भैरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । यस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

धेरै जसो दर्शकले फिल्म दोहोरियाएर हेरेको प्रतिक्रिया दिए । उर्लाबारी-९ मोरङका प्रदिप धिमालले फिल्म राम्रो लागेको कारण पुन: हेरेको बताए । उनले भने- सबैको कथा समेटिएको छ ।  अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको खुलेरै तारिफ गरिरहेका छन्।

दर्शकहरु भन्छ्न , ‘फिल्मले अहिलेको समसामयिक विषयवस्तुलाई उठाएको छ। साथमा, यसको कमेडी गज्जबको छ। लामो समयपछि एउटा रमाइलो र मीठो कथामा फिल्म हेर्न पाइयो।’

नायिका रेखा थापाले अमेरिकाबाट खुसी व्यक्त गरिन्। उनले फिल्मलाई दर्शकले मन पराएको सुनेर खुसी लागेको सुनाइन्।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा,  अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा , भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, 

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई