2026-10-10 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रावायण’मा अब पल र पूजा, आगामी तीजमा रिलिज

चैत ११, काठमाडौँ । सुदर्शन थापाले निर्देशन गर्ने मल्टिस्टारर फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा भएको छ । आइतबार फागुपर्वको अवसर पारेर रिलिज मिति घोषणा गर्दै निर्माताले तीजका दिन आगामी भदौ २१ गते फिल्म आउने जनाएका हुन् ।

निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा फिल्म निर्माण गर्न लागेका हुन् । गत असोजमा फिल्म ‘रावायण’लाई लिएर ठूलो विवाद उत्पन्न भयो । छायांकनमा निस्कने बेला अभिनेता अनमोल केसीले फिल्ममा काम नगर्ने निर्णय लिएपछि उनीविरुद्ध निर्देशक सुदर्शन थापाले प्रहरीमा आपराधिक विश्वासघात मुद्धामा उजुरी दिए । र, अनमोल पक्राउ परे । त्यसपछि फिल्मको निर्माण नै अन्योलमा थियो । अब सुदर्शनले ‘स्टारकास्ट’ हेरफेर गर्दै फिल्म बनाउने भएका छन् ।

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी बाँधिने भएको छ । यो उनीहरुको तेस्रो सहकार्य हुनेछ । यसअघि ‘म यस्तो गीत गाउँछु’को दुई श्रृंखलामा उनीहरुले एकसाथ काम गरेका थिए । अनमोलको अपोजिटमा अनुबन्ध भएकी नीति शाह पनि फिल्मबाट अलग भएकी छन् । पहिला नै भित्रिएका अभिनेता प्रमोद अग्रहरी र पूर्व मिस नेपाल निकिता चण्डक भने यथावत् छन् ।

फिल्ममा पूजासहित पल शाह, प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकालको अभिनय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु