2026-10-10 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

चैत ११, मुम्बई | बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । 

इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।

इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ। यस फिल्ममा इमरान हाशमीले खलनायकको भूमिका निभाएका छन । उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।

इमरान हाशमीले फिल्म ‘दे कल हिम ओजी’बाट आफ्नो ‘फस्ट लुक’ सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्,  ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु । म वाचा गर्छु, हामी मध्ये एक पक्कै टाउको काटिनेछ।’ यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन् ।

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन् । इमरान हाशमीको लुक हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ । फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाश्मीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन् । उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु