2026-10-10 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रेमिकाले फालेकी थिइन अनुपम खेरको मुहारमा चाउचाउ

चैत १२, मुम्बइ | बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । 

कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार भनेको के हो ? भनेर देखाइसकेका छन । यी दिग्गज अभिनेताले एक पटक आफ्नो व्यक्तिगत जीवनमा एक समय यस्तो असफलता देखे, जब उनले भिक्षु बन्ने सोच्न थाले।

आफ्नो पोडकास्ट शो अनुपम केयरमा अनुपम खेरले आफ्नो एक प्रेमिकाको कारणले गर्दा सानै उमेरमा उनलाई यस्तो भावनात्मक झटका लागेको बताए कि उनले भिक्षु बन्ने सोच्न थालेका थिए । मनको शान्तिका लागि आश्रम जानुपरेको थियो । यो कथा अनुपम खेर आफैले सुनाएका थिए ।

अनुपमले आफू एउटी युवतीलाई डेट गरिरहेको बताए, उनको नाम राधा थियो । एकपटक डेटिङको क्रममा राधाको छेउमा तीनजना केटीहरू बसिरहेका थिए, जो उनलाई हेरेर हाँसेका थिए । त्यसमा राधालाई अनुपमको उनीहरु मध्ये एकसँग अफेयर रहेको महसुस भयो । यस्तो अवस्थामा राधा क्रोधित भइन् र ती केटीहरूको टेबुल नजिक पुगिन् र त्यहाँ उभिएर अनुपमलाई भनिन् कि ‘तिम्रो प्रेमिका को हो ? भन।’

यसपछि राधा क्रोधित भइन् र उनको टाउकोमा रहेको चाउचाउको थाली पल्टाइदिइन् । अनुपमले सो घटना सम्झदा पनि निकै अनौठो लाग्ने गरेकोसमेत बताएका थिए, उनले भने, ‘उनले फालेको चाउचाउ मेरो टाउकोमा झुण्डिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु