2026-10-10 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दाजु बोनीसँग किन रिसाए अनिल कपुर ?

चैत २१, काठमाडौँ । बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ ।

निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै उनी बिना नै ‘नो एन्ट्री’ को सिक्वेल घोषणा गरेपछि यसको चर्चा बढेको हो ।

बोनी कपूरले भनेका थिए- ‘अहिले अनिलसँग कुनै सम्बन्ध छैन ।’ बोनीले फिल्ममा आफुले अनिललाई नलिएको विषयमा उनी रिसाएको बताएका छन् । उनले अन्य कारण केहि नभएको बताउदै उनी रिसाउनु स्वाभाविक भएको बताएका छन् ।  बोनीले यो व्यवसायिक निर्णय भएको बताउदै आफुले अनिललाई दुख पुराउने केहि काम गर्न नसक्ने समेत स्पष्ट गरेका छन् । 

उनले नो इन्ट्रीको सिक्वेलको घोषणा गर्दै फिल्ममा वरुण धवन, दिलजीत दोसांझ र अर्जुन कपूरलाई लिएको कन्फर्म गरेका छन् ।

यसैबीच, फिल्मका निर्देशक अनीस बज्मीले फिल्म नो एन्ट्री २, बोनी कपूर र अनिल कपूरबीचको झगडामा आफ्नो प्रतिक्रिया दिएका छन्। अनीस बज्मीले भने, ‘दुबै दाजुभाइ हुन्, भोलि एक अर्कालाई भेटेर अँगालो हाल्ने छन् ।’

साथै बज्मीले दुवैको सम्बन्ध बिग्रिएको खबर सुनेर आफु छक्क परेको बताएका छन् । 

सन् २००५ मा आएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान, अनिल कपूर, फरदीन खान, बिपाशा बसु, ईशा देओल, लारा दत्ता, सेलिना जेटली र बोमन इरानी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । ‘नो एन्ट्री २’ मा वरुण धवन, अर्जुन कपुर र दिलजीत दोसांझको नाम पक्का भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु