2026-10-10 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जेठमा १० मा हलमा ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को प्रतिस्पर्धा

चैत २३, काठमाडौँ | सिनेमा घरमा चलचित्र ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ जुध्ने भएका छन् । निर्माण पक्षले पुजार सार्की पनि जेठ १० गते प्रदर्शनमा लैजाने घोषणा गरेको हो ।

अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दन्भी’ले यसअघि नै प्रदर्शन मिति घोषणा गरेको थिए । ‘पुजार सार्की’का निर्देशकले दिनेश राउतले शुक्रबार आफ्नो फिल्म पनि सोही मितिमा प्रदर्शनमा ल्याउने घोषणा गरेका हुन् ।

यसरी तीन फिल्म एकै चोटी जुध्नुले तीनै पक्षलाई घाटा पुग्ने देखिन्छ । ‘पुजार सार्की’ पनि जेठ १० मै प्रदर्शनमा आउनुलाई निर्देशक राउत र निर्माता रोहित अधिकारीको मनमुटाब रहेको बुझिएको छ ।

फिल्म ‘२६ करोड’ निर्माणका विषयमा रोहित र राउतका विषयमा सम्बन्ध चिसिएको थियो । यस विषयमा राउतले ‘क्रिएटिभ’ विषयमा विवाद भएर फिल्मबाट बाहिरिएको बताउँदै आएका छन् ।

पुजार सार्की छायांकनमा जाँदादेखि नै राउत रोहितसँग बदला लिन ‘फर्की फर्की’सँग जुधाउने तयारीमा छन् भन्ने चर्चा बाहिरिएको थियो । राउतले भने आफ्नै ढंगले फिल्म प्रदर्शनमा ल्याउने स्पष्टीकरण दिँदै आएका थिए ।

अन्ततः चर्चा सत्य भएको छ । पुजार सार्की र फर्की फर्की एकसाथ हलमा लाग्ने भएका छन् । पूजाको दान्भीसहित यी तीन फिल्म प्रतिस्पर्धा रोचक हुने भएको छ ।

पुजार सार्कीमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको छ । फिल्ममा अनुबन्ध भएका नायकहरुकै कारण यो फिल्म चर्चामा छ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्म फर्की फर्कीमा अनमोल र जसिता गुरुङ मुख्य भूमिकामा छन् । रोहित अधिकारी र आमे अग्रवालको संयुक्त लगानीमा फिल्म निर्माण हुँदै छ ।

रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’मा पूजा नै प्रमुख भूमिकामा छिन् । यो फिल्ममा देव मगर र अनुप गडालको संयुक्त लगानीमा बन्ने बताइएको छ ।

त्यस्तै, विकास सुवेदीको लेखन रहेको ‘पुजार सार्की’ निर्माता विकास सुवेदी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने