2026-10-10 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाई’

बैशाख २१, काठमाडौँ । टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । 

उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडेलले जानकारी गराए । फिल्मले ‘डिमान्ड’ गरेको पात्रमा पारस सबै पक्षबाट उत्तम हुने भएपछि उनलाई लिइएको निर्देशक कँडेल बताउँछन् ।

पारस गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ गीतहरु चर्चित छन् । उनले अब अभिनयमा आफूले पाइला चाल्न लागेकोमा खुसी व्यक्त गर्दै ‘होस्टेल’ जस्तो लिगेसी बोकेको फिल्मबाट डेब्यु गर्न पाउनु भाग्यको कुरा रहेको बताएका छन् । उनले दर्शकलाई निराश नगर्ने पनि वाचा गरेका छन् । 

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरुको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको फिल्ममा माधव शर्माको स्क्रिप्ट लेखन छ । यसको कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँग सहकार्य गरेर निर्माण हुन लागेको फिल्मको निर्मातामा शिशिर ज्ञवाली रहेका छन् भने सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् । होस्टेल ३’लाई यस वर्षको अन्त्यतिर प्रदर्शनको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने