2026-10-10 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पूजा लक्षित समीक्षाको कटाक्ष: ‘फिल्म चलाउन अभिनय पर्दाबाहिर होइन, भित्र गर्न सक्नुपर्छ’

बैशाख २१, काठमाडौँ । गायिका समीक्षा अधिकारी यतिखेर ‘बोक्सीको घर’ मा समावेश गीत ‘बुझिनँ मैले’ले का कारण चर्चामा छिन्। 

यो गीत समीक्षाले प्रकाश सपुतसँग सहकार्य गरेर गाएकी हुन्। उक्त गीतलाई अहिले सबै दर्शकहरुले मन पराइरहेका छन्।

फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।

समीक्षा लेख्छिन्, ‘बुझिन मैले बुझाइदेऊ कसैले भन्ने गीत गाइसकेपछि मैले बुझें– सिनेमा चलाउन अभिनय पर्दा बाहिर होइन, चलचित्रभित्र गर्न सक्नुपर्छ। धेरै धेरै बधाई केकी अधिकारी दिदी अनि चलचित्र बोक्सीको घर परिवारलाई।’

समीक्षाको यो स्टाटस अहिले चर्चामा छ। समीक्षाले बधाइ संगसंगै निशाना अर्कोतिर हानेको भन्ने पनि कतिपयले आंकलन गरेका छन्। तर समीक्षाले भने कसैको नाम उल्लेख गरेकी छैनन्। 

तर यो स्टाटस उनले अभिनेत्री पूजा लक्षित गरिएको कतिपयले टिका टिप्पणी गरिरहेका छन्। यसअघि पनि उनले बहुरूपी औरत उल्लेख गर्दै स्टाटस लेखेकी थिइन्। उनले लेखेकी थिइन्, ‘अस्ति फिल्म चलाउन रोएको नाटक गर्‍यौ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्‍यौ। आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ। बहुरूपी औरत।’

अभिनेत्री पूजा शर्मालाई फिल्म चलाउनकै लागि विभिन्न बाहाना बनाउने गर्ने गरेको भन्ने आरोप लाग्दै आइरहेको छ। फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन्। त्यति बेला फिल्मका अभिनेता पल शाह बलात्कार मुद्दामा जेल परेका थिए।

उक्त समयमा पूजाले पलको पक्षमा विभिन्न अभिव्यक्ति दिँदै आइरहेकी थिइन्। पछि पलसँगको सम्बन्ध चिसिएपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने