2026-10-10 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

जेठ १६, काठमाडौँ । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् ।

साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने