2026-10-10 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘ह्रस्व दीर्घ’ चौथो पोस्टर: अभिनेत्री नीता हावी

जेठ ३०, काठमाडौँ । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को चौंथो पोस्टर सार्बजनिक गरिएको छ ।

फिल्मकी अभिनेत्री नीता ढुंगाना चित्रित पोस्टरमा उनले हनुमानले बोक्ने गदा (वाहन) छ भने ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा र आदर्श मिश्रलाई उनको टाउकोको रुपमा प्रस्तुत गरिएको छ ।

रातो कुर्था र आँखामा चस्मा लगाएकी निताको चरित्र धार्मिक देखिन्छ । उनले दुईटै नाडीमा एउटा मन्त्र लेखिएको चुरा आकारको पट्टा लगाएकी छन् भने हातमा रातो रंगले गोलो आकृति बनाएकी छन् । उनको क्यारेक्टर लुक्सले चञ्चल र रिसाहा युवतीको संकेत गर्छ । 

फिल्मकी निर्माता नीता नै हुन् । फिल्मलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि उनले केही सफल भोजपुरी फिल्म निर्देशन गरिसकेका छन् । नेपाली फिल्म निर्देशन भने उनको यो पहिलो हो । यसमा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको पनि अभिनय छ भने साउथबाट ब्रह्मानन्दम र अलिसँगै प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने