2026-10-10 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

हत्या आरोपमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

जेठ ३०, काठमाडौँ । चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गोडालाई पक्राउ परेका छन् ।  फार्मेसी कम्पनीमा कार्यरत रेनुका स्वामीको हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

अभिनेता दर्शन थुगुडेपाविरुद्ध कामाक्षीपल्या प्रहरी स्टेशनमा जुन ९ मा उजुरी परेको थियो । उनलाई बैंगलोरले मैसूरको फार्म हाउसबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ । 

स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो ।  मृतक रेणुका स्वामी फार्मेसी कम्पनीमा काम गर्थिन् । उनले लामो समयदेखि अभिनेत्री पवित्रालाई आपत्तिजनक म्यासेज पठाउँदै आएका थिए । 

यस वर्षको जनवरीमा पवित्रा गौडाले आफ्नो र दर्शनको सम्बन्धलाई १० वर्ष पूरा भएको सामाजिक सञ्जाल पोस्टमार्फत बताएकी थिइन् । दुवैको एक्स्ट्रा मैरिटल अफेयर चर्चामा थियो ।

४७ वर्षीय अभिनेता दर्शन कन्नड सिनेमाको एक चर्चित अनुहार हुन् । उनी कारिया, कालासिपल्या, गजा, नवग्रह, सारथी, बुलबुल, यजमान, रोबर्ट, कटेरा जस्ता कन्नड भाषाका सुपरहिट फिल्महरूको हिस्सा भइसकेका छन् । उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने