2026-10-10 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेत्री प्रियंका चोपडा घाइते

असार ५,  काठमाडौँ । भारतीय अभिनेत्री प्रियंका चोपडा छायांकन गर्ने क्रममा घाइते भएकी छन् । अष्ट्रेलियामा आगामी हलिउड फिल्म ‘द ब्लफ’ को सुटिङ गरिरहेको बेला उनको घाँटीमा गहिरो चोट लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रियंकाले सामाजिक सञ्जालमा घाउको तस्वीर सेयर समेत गरेकी छन् । ‘भगवानलाई धन्यवाद यो चोट धेरै गहिरो छैन,’ उनले लेखेकी छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको घाउको तस्वीर भाइरल भएसँगै फ्यानहरुले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

तस्वीरमा उनको घाँटीमा निकै गहिरो चोट लागेको देखिन्छ । अस्ट्रेलियामा छायांकन भइरहेकफ ‘द ब्लफ’ मा कार्ल अर्बनसँग प्रियंकाले सहकार्य गर्दैछिन् । ओटीटी प्लाटफर्म प्राइम भिडियोमा रिलिज हुने यो फिल्मको निर्देशन फ्र्यांक ई फ्लावर्सले गरिरहेका छन् ।

यसबाहेक प्रियंकाको सूचीमा जोन सीनाको फिल्म ‘हेड अफ स्टेट’ पनि छ । त्यस्तै अमेजन प्राइम सिरिज ‘सिटाडेल’को दोस्रो सिजनमा पनि उनी देखिनेछन् । त्यस्तै फरहान अख्तरको फिल्म ‘जी ले जरा’ पनि उनको सूचीमा छ, जसमा कट्रिना कैफ र आलिया भट्टको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने