2026-10-10 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

स्वस्तिमा र सम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?

असार १२, काठमाडौँ । सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरुले विवादित अभिव्यक्ति दिने गर्दछन् ।

यसैबीच कान्तिपुर टिभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ । सो कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण विवाद बढेको हो ।

सो कार्यक्रममा जसिता गुरुङको व्यक्तिगत जीवनको प्रसंग उल्लेख गरेपछि विवाद बढेको छ ।

कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ? भन्ने प्रश्नको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङको नाम लिएकी थिइन् । साम्राज्ञीले भने उनको तीन नायक प्रदीप खड्का, धीरज मगर र अनमोल केसीसँग प्रेम रहेको दाबि गरेकी छन् ।  

अर्को प्रश्नमा अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ? भन्ने प्रश्नमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताएकी छन् भने स्वस्तिमाले अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् । 

यो शो प्रशारण भएपछि अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी विवादमा परेका छन् र उनीहरुको आलोचना भइरहेको छ ।

जसितमाले इन्स्टाग्राममा लेख्दै एक महिलाले अर्को महिलालाई नीच देखाएको आरोप लगाउदै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरुप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’

उनले स्वस्तिमा र साम्राज्ञीलाई प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरु म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’

जसिताको स्टाटसमा जवाफ दिदै स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’ त्यस्तै, साम्राज्ञीले पनि भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु भनेकी छन् ।

यसैबीच अभिनेता अनमोल केसीले पनि सामाजिक सञ्जालमा यस बारे टिप्पणी गर्दै आफुलाई अनादर गर्नेलाई अझ आदर गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस्।  यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन । सबैलाई सम्मान गर्नुहोस्’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने