2026-10-10 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बोर्डद्वारा चलचित्र आचार्यको प्रदर्शनीमा रोक

असार १४, काठमाडौँ । नेपाली चलचित्र ‘आचार्य’लाई चलचित्र विकास बोर्डले एक सातामै फिल्मको रिलिज रोकेको छ । बिहिबारबाट यो चलचित्रको प्रदर्शन बोर्डले रोकेको हो ।

दिवँगत गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा यो चलचित्र आधारित थियो । चलचित्रलाई १३ वर्ष अघि नै निर्माण गरेको प्रदर्शन गरिएको थियो । यतिबेला आचार्यप्रति श्रद्धासुमन स्वरुप उनको अन्तिम संस्कारको केहीदृष्य थपेर शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर चलचित्रलाई पुन सेन्सर नगराईएको भन्दै बोर्डले रोकेको छ ।

चलचित्र विकाश बोर्डको तर्क अनुसार कुनै चलचित्रलाई ५ वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान छ । तर पनि ‘आचार्य’को सेन्सर नगरिएको भेटिएपछि रोक्नु परेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताएका छन् ।

यो चलचित्रको सेन्सर नभएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टिकरण सोधेपछि प्रदर्शन रोक्नु परेको पनि बोर्डले जनाएको छ ।

मन्त्रालयको पत्रपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी यो चलचित्र सिनेमा हलमा प्रदर्शन भईरहेको पाईएको पनि बुढाथोकीले बताएका छन् । सोही कारण प्रदर्शन स्थगित गरिएको उनले जनाए । बोर्डको निर्देशनसँगै बिहीबारदेखि देशभरका हलमा यो चलचित्रको प्रदर्शन रोक गरिएको छ।

५ वर्ष कटेको चार महिनाभित्र फिल्मलाई सेन्सर गर्नुपर्ने प्रावधान रहेकाले ‘आचार्य’ १३ वर्ष अगाडि रिलिज भएको र जरिवाना तिरेर पुनः सेन्सर गर्न खोज्दा पनि नमिलेको निर्माता रोशन राईको भनाई छ । निर्माता राईले यो चलचित्रलाई सेन्सर गर्न प्रयास गरेको भईरहेको बताएका छन् ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको आचार्यमा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको अभिनय छ । यो फिल्म २०६८ साल (सन् २०११)मा पहिलोपटक रिलिज भएको थियो । यो चलचित्रमा सत्यराजले पिता भक्तराजको भूमिका निभाएका छन् । गायक आचार्यप्रति श्रद्धाञ्जली स्वरुप ‘आचार्य’लाई पुनः प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह