2026-10-10 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बोर्ड अध्यक्षमा दिनेश डिसी, करिश्मा मानन्धर र राजेश थापाको आवेदन

साउन २९, काठमाडौं | चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाले आवेदन दिएका छन् । फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापाले आवेदन दिएका हुन् । अहिलेसम्म आवेदन दिएका यी तीनैजना सत्तारुढ एमाले निकट भातृ संगठनमा आबद्ध छन् ।

डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन् ।

राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्वप्रबन्ध निर्देशक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन् । अभिनेत्री करिश्मा मानन्धर एमालेको साहित्य, कला तथा संस्कृतिक विभागमा सदस्य तथा फिल्म अभिनेत्री हुन् ।

यी तीनजना आकांक्षीको नाम अहिले चर्चामा छ । अध्यक्ष पदका लागि आवेदन दिने मिति बुधबार सकिंदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो ।

चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापाले विगतमा अन्तिम दिनमा पनि आवेदन आएको इतिहास भएकाले बुधबार पनि आवेदन आउने सम्भावना रहेको बताए ।

उनका अनुसार आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्छ । त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ ।

समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले तीनमध्ये कुनै एक जनालाई अध्यक्षमा नियुक्त गर्छ । अहिलेको चलचित्र ऐनअनुसार बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । आवेदनको सूचनामा पनि दुई वर्षकै कार्यकाल भनेर उल्लेख थियो ।

प्रस्तावित चलचित्र ऐनमा भने अध्यक्षको कार्यकाल चार वर्ष प्रस्ताव गरिएको छ । ऐन संशोधन नहुँदासम्म कार्यकाल दुई वर्षकै हुने सदस्य सचिव थापाले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने