मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्ब"/>
2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बान्तवाको ‘मनको जलन’ नामक गीति एल्बम बजारमा आउँदै

मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा ‘जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ‘मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् ।

एल्बममा ५ वटा गीतहरु समाबेश गरिएका छन् । ५ वटै गीतमा राजा खड्काले संगीत भर्नुभएको छ भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना रार्इ र सुमिना लोले आवाज दिने भएका छन् । 

५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो प्रमोद खरेलको स्वरमा रहेको ‘मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति’ बोल रहेको गीतको म्युजिक भिडियो तयार भाईसकेको उनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन् ।

मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन् । मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले । बाल कलाकारको भूमिकामा रियाज  भण्डारीलाई हामी देख्न सक्नेछौँ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको ‘मृगनयनी आँखा उनको हरिणको चाल’ र मेलिना रार्इको स्वरमा रहेको ‘सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी’ बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने बताएका छन् । बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको ‘भोजपुरको सुन्तला मिठो ईलामको चिया’ र राज खड्का र सुमिना लोको स्वरमा रहेको ‘नक्कलीले कर्के नजर हानेर पो मार्‍यो’ बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।

अहिले दुबाईमा भएपनि गितकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई