2026-10-10 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा क्याम्पसमा भव्य गीत नृत्य

प्रेम सुनार, मंसिर–२६, गुल्मी । गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको ३४ औं वाािर्षकोत्सवको अवसरको पुर्व सन्ध्यामा आयोजित अतिरिक्त कृयाक्लव कार्यक्रम अन्तरगत आज त्यस क्याम्प प्राङ्गणमा भव्य गी एर्व नृत्य प्रतियोगिता सम्पन्न भएको छ । त्यस क्याम्पसको अतिरिक्त कृयाक्लाव विभागका संयोजक उपप्रध्यापक शिवलाल खनालका अनुसार विद्यार्थीहरुको प्रतिभा विकासका लागि गीत र नृत्य प्रतियोगिता गरिएको हो ।

वार्षिकोत्सव कार्यक्रमका क्रममा यस अघि सो क्याम्पसले गजल प्रतियोगिता पनि सम्पन्न गरी सकेको छ । गजल प्रतियोगितामा त्यस क्याम्पसका विद्यार्थी विक्रम पन्थी प्रथम भएका छन् ।

   रिमा कार्की र सुनिता कँडेल दृतिय भएका छन् । यमुना ज्ञवाली  तृतिय भएकी छिन् ।  सन्तवाना पुरष्कार मायाँ सुनारले हाता पारेकी छिन् । वक्तृत्व तर्फ सुर्य खनाल प्रथम भएका छन् । वन्दना रेग्मी  दृतिय भएकी छिन् । मायाँ सुनार र अमृता घिमिरे तृतिय भएकी छिन् । 

  यो समाचार तयार पार्ने बेला सम्म निर्णयाक मण्डलले विजेता घोषणा गरेको छैन् । कुल २८ टिम विच कडा प्रतिष्पर्धा चलेको निर्णयाक मण्डलको संयोजक  उपप्रध्यापक विष्णु कान्त पन्थीले जानकारी दिए ।  

  वार्षिकोत्सवको अवसरमा भलिवल , टेवुल टेनिस खेलकुद प्रतियोगिता र हाँजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिने भएको छ । आजको कार्यक्रममा क्याम्पस प्रमुख हरिबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

 सो क्याम्पस अतिरिक्त कृयाक्लाव  विभागका संयोजक  शिवलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रध्यापक खिमानन्द भण्डारीको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने