माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर"/>
2026-10-10 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाखौँ भोट दिँदा पनि किन बढ्दैन तेरियाको स्कोर ?

माघ ४, काठमाडौँ | नेपाल सहित देश विदेशमा रहेका नेपालीहरुले सामाजिक संजालमा रुपन्देही घर भएकी नेपाली चेली तेरिया मगरलाई जिताउन निकै कसरत गरेका छन् तर जति कोसिस गर्दा पनि उनको स्कोर १०% बाट नबढेको देख्दा धेरै नेपाली अचम्मित बनेका छन् | कतिपयले यस बिषयमा नकारात्मक टिप्पणी समेत गरेका छन् | 

लाखौँ नेपालीको भोट पाउँदा पनि तेरियाको स्कोर नबढ्नु कि त भारतिय टिभीको छल हो कि त तीनै प्रतिष्पर्धीले समान रुपमा भोटको सामना गर्दैछन् भन्ने अड्कल सामाजिक संजालमा छाएका छन् | मंगलबारसम्म तेरियाको १०% स्कोर छ भने उनको प्रतिष्पर्धी द्वय सलमानको स्कोर १६% र शान्तनुको स्कोर ३४% रहेको छ | यही बिषयलाई अध्ययन गर्ने हो भने तीन दिन अघि पनि तेरियाको स्कोर १०% नै थियो | त्यस्तै  सलमानको स्कोर त्यतिबेला १७% थियो भने शान्तनुको स्कोर ३४% थियो | यस अवधिमा सलमानको स्कोर मात्र १% ले घटबढभएको छ | 

तीन दिन अघिदेखि स्कोरमा खासै हेरफेर नहुनु अचम्मको कुरा भएको एक नेपालीले फेसबुकमा लेखेका छन् त्यस्तै अर्का एक जनाले युटुव च्यानलमै ‘तेरियाको नाममा भारतीय टिभीको छल’ शिर्षकमा भिडियो पोष्ट गरेका छन् | 

भारतीय चर्चित कार्यक्रम ‘झलक दिख लाजा’ मा ‘टप-३’ को प्रतिष्पर्धामा रहेकी तेरिया मगर नेपाली हुन् | उनलाई जिताउन १४ जनवरीदेखि नेपालीहरुले भोट जारी राखेका छन् | जसको अवधि २१ जनवरी अर्थात आउँदो माघ ८ गतेसम्म रहेको छ | उनलाई तपाइँ पनि भोट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ | 

तेरियालाई जिताउनका लागि धेरै संख्यामा एसएमएस तथा इमेल भोटको आवश्यकता पर्दछ । तेरियालाई भारतमा रहेकाहरुले उतैको सिमकार्डबाट बढिमा एक सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् । अनलाइन भोटिंगका लागि पनि एउटा अनलाइन पिसीबाट पनि एक सयपटकसम्म भोट गर्न सकिनेछ । 

गत शनिवारको एपिसोडमा निर्णायकहरुबाट ४० मा ४० नम्बर प्राप्त गरेर अत्याधिक नम्बर प्राप्त गर्ने प्रतिस्पर्धि जोडी मानिएका तेरिया मगर र उनको जोडी अर्थात डान्स पार्टनर आर्यन पात्रलाई निर्णायकहरु बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस, कोरियोग्राफर फराह खान र गणेश हेगडे तथा बलिउडका चर्चित निर्देशक करण जौहरले उनीहरुको नृत्य क्षमताको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।

उनले यस अघि लाखौँ नेपालीको भोटको कारण भारतीय टेलिभिजनको ख्यातीप्राप्त डान्स कार्यक्रम ‘डीआईडी लिटिल मास्टरको’ उपाधि कब्जा गरेकी थिइन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने