माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको"/>

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाली ठिटो कृष्ण भट्टराई अभिनयमा ब्यस्त बन्दै


माघ, काठमाडौँ । झापाबाट करिब ७ वर्ष पहिले काठमाडौं छिरेका कृष्ण भट्टराई लामो संघर्ष पछि हिजोआज नेपाली फिल्म, टेलिफिल्म, म्युजिक भिडियोका साथै सर्ट मुभीहरुको अभिनयमा ब्यस्त बनेका छन । 

झापा जिल्लाको बिकट ठाउँ टाघनडुब्बा ४, खयरबारी स्थायी घर भएका कलाकार भट्टराईले श्री डिल्लीराज मावी बाट एस एल सी पास गरि उच्च शिक्षा हाँसिल गर्न काठमाडौं छिरेका थिए । महेन्द्ररत्न क्याम्पस ताहाचलमा उच्च शिक्षा हाँसिल गर्दै अभिनयमा होमिएका कलाकार भट्टराईले शुरुवाती दिनहरुमा निकै कडा संघर्ष गर्नुपरेको थियो । 

अध्ययन, ब्यवसाय र कलाकारितालाई एकसाथ अगाडी बढाईरहेका भट्टराईले आफ्नो अभिनयलाई क्यामेरामा कैद गराउन निकै मेहेनत गर्नुपरेको थियो । नरेन्द्र धामीको निर्देशन रहेको सर्ट मुभी ” हराएको सपना” बाट पर्दामा देखीन थालेका कलाकार कृष्ण भट्टराईले दर्जन भन्दा बढी म्युजिक भिडियो, दर्जककै हाराहारी सर्ट मुभी त्यसै गरि थुप्रै टेलिफिल्महरु, नेपालमै सर्वाधिक रुचाईएको चर्चित टेलिफिल्म मेरीबास्सैमा समेत आफ्नो अभिनय पस्किसकेका छन । 

कलाकार कृष्ण भट्टराईको डेब्यु चलचित्र नेटवर्क आउँदो माघ ७ गते बाट देश भरिका हलहरुमा प्रदर्शन हुने भएको छ ।अहिले सम्म उनको अभिनय रहेको कुनै पनि चलचित्र प्रदर्शन नभए पनि नयाँ नयाँ चलचित्रको अभिनयमा  ब्यस्त भैरहेका छन । 

बिरेन्द्र हमालसंग अभिनयको शिक्षा लिएका कलाकार भट्टराईको अभिनय रहेको नेपालमै पहिलो पटक बनेको गिती चलचित्र भाग्य प्रदर्शनको तयारीमा रहेको छ भने उनि अहिले अर्को चलचित्र काँचुलीमा ब्यस्त छन । 

ब्यबसाय र पढाईमा ब्यस्तताका बाबजुद पनि समय निकालेर थुप्रै म्युजिक भिडियो, सर्ट मुभीहरु, टेलिफिल्महरु लगायत ३ वटा ठुुलो पर्दाको चलचित्रमा समेत अभिनय गरिसकेका कलाकार कृष्ण भट्टराई नेपालमा स्थापित नायक हुन अझै कडा मेहेनत गरिरहेका छन । 

मिजासिला स्वभाव रहेका भट्टराईको अभिनयको प्रशिक्षण, लामो अभिनय यात्रा, कलाकारहरु सँगको सहकार्य र साथीभार्ई तथा दर्शकहरुको सुझाव सल्लाहालाई सँधै आत्मसाथ गर्दै अभिनयमा निखारिएका कलाकार कृष्ण भट्टराईलाई नेपालमा राम्रो सम्भावना बोकेका कलाकार रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने