गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त "/>
2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुख दुखको साथी रहेछ गीतसंगीत: नवगायक भरत परियार

गोपीकृष्ण चापागाई/माघ, काठमाडौं । आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त कतिपयलाई भौगोलिक समस्याले पनि बाँधिरहेको हुन्छ ।

यस्तै आँफुमा कला र रुची हुँदाहुँदै पनि गीतसंगीतको क्षेत्रमा सक्रिय भएर अगाडि बढ्न सकेका छैनन् नव गायक भरत परियार । नेपाली लोकगीतको क्षेत्रमा रुची र कला भएका भरतले आर्थिक समस्याका कारण आँफुले सोँचे जस्तो सक्रिय हुन नसकेको बताउँछन् । अहिले सम्म नेपाली लोकदोहोरीको क्षेत्रमा एकवटा गीत गाएका उनले गीतसंगीतको क्षेत्र निकै ठुलो भएको र यस क्षेत्रमा फराकिलो भएर अगाडि बढ्न अनेक कुराहरुले अल्झाएको बताउँछन् ।

गएको बर्षमात्र ‘हर खुसी दिन्छु तिमीलाइर्’ बोलको लोक तथा दोहोरी गीतबजारमा ल्याएका भरतले अब अर्को गीत बजारमा ल्याउने तयारीमा छन् । उनले पहिलो गीतमा गायिका पुर्णकला बिसीसँग स्वर दिएका छन् । एकगीत बजारमा ल्याउनका लागी निकै नै संघर्ष गरेको बताउने उनी अर्को गीत आउँने नयाँबर्षमा निकाल्ने तयारीमा जुटेको बताउँछन् ।

गीतसंगीतको क्षेत्र सानै देखीको रुचीको क्षेत्र भएकोले यस क्षेत्रलाई जीवनभर अंगाल्नका लागी धेरै संघर्ष गरेर यहाँसम्म आएको र भोलीको दिनमा अझ धेरै संघर्ष गर्न बाँकी रहेको भन्दै उनी अहिले पनि गीतसंगीत लेखन तथा गायनमा सक्रिए छन् ।

पुराना कलाकारहरुले प्रोत्साहन गर्नुपर्छ

नव गायक भरत परियारले पुराना कलाकारहरुकै प्रेरणाले नयाँ कलाकारहरु जन्मिने बताउँछन् । ‘हामी नयाँ कलाकारहरु अग्रज पुराना कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा अघि बढ्ने हो, त्यसैले पुराना कलाकारहरुले पनि नयाँ कलाकारहरुलाई प्रोत्साहन गरीदिनुभयो भने धेरै राम्रो हुनेथियो ।

कला भएका मानिस धेरै हुन्छन् तर बिबिध कारणले गुम्सिएर बसेका छन् त्यस्ता प्रतिभाहरुलाई बाहिर निकाल्नका लागी पुराना कलाकारहरुले प्रोत्साहन स्वरुप केहि कदम चालिदिनुभए धेरै राम्रो हुने थियो ।’

सुख दुखको साथी रहेछ गीतसंगीत

लामो संघर्ष गरेर गीतसंगीतको क्षेत्रमा आएका भरतले एकगीत बजारमा ल्याएर अझ फराकिलो तहबाट गीतसंगीतलाई बुझ्दै गरेको बताएका उनले गीतसंगीत सुख दुखको साथी रहेको बताउँछन् । कुनै पनि दुखको क्षणमा पनि गीतसंगीतको आवश्यक पर्ने र सुख साट्न पनि यहि गीतसंगीत चाहिने बताउँछन् उनी ।

साथै उनले गीतसंगीत कस्तो बेलामा बढी गुनगुनाउँनुहुन्छ भन्ने हाम्रो प्रश्नमा आँफु एक्लो भएको बेलामा बढी गीतहरु गुनगुनाउँने बताए ।

लगानी उठाउन निकै गाह्रो

आफ्नो पहिलो गीतमै ठुलो लगानी गरेका भरतले गीतसंगीत क्षेत्रमा लगानी गरेर लागेको लगानीमात्र उठाउन पनि निकै गाह्रो पर्ने बताउँछन् । ‘अहिले आधुनिक युग भएकाले पहिलाको जस्तो सिडि, डिभिडि नबिक्ने भएकोले पनि आम्दानी गर्न गाह्रो छ तर साच्चै नै राम्रा गीत र दर्शकले मन पराउने गीत ल्याउन सकियो भने आम्दानी हुँदैनहुने भने चाँही होइन ।’ उनले भने ।

नव प्रतिभाहरुलाई मिडियाबाट पनि साथ तथा सहयोग भयो भने अझ उनीहरुलाई प्रोत्साहन हुनेथियो ।, भरतले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने