फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना "/>

2026-10-10 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस लुम्बिनीका विजेता ‘मिस नेपाल एशियामा’


फागुन १९, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना प्रतिष्पर्धा सहभागी हुन पाउने भएका छन् ।  

गत आइतबार बुटवलमा मिस लुम्बिनीको फाईनल भएको थियो । १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत भैरहवाकी खुस्वु क्षेत्री मिस लुम्बिनी २०७३ बन्न सफल भएकी थिईन् । यस्तै यस्तै बुटवलकी पूजा प्रधान फस्ट रनरअप भएकी थिईन् भने चिल्हियाकी पद्मा अधिकारी सेकेण्ड रनरअप  बनेकी थिई्न । 

विजेता क्षेत्री र उप विजेता प्रधानलाइ ‘मिस नेपाल एशिया’मा विना प्रतिष्पार्धा सहभागी हुन पाउने गरी सम्झौता भएको डिम ईभेन्टका सिईयो विकास थापाले जानकारी दिए । विहिवार बुटवलमा आयोजना गरिएको मिस लुम्बिनी पोष्ट ईभेन्ट कार्यक्रममा बोल्दै सिईयो थापाले विजेता क्षेत्रीले एक बर्ष सम्म  टाईटल स्पोन्सर एई कन्सल्टेन्सीको ब्रान्ड एड्बेन्सर बन्न पाउने जानकारी दिए । उनले भने–‘विजेताले ५० हजार नगद सहित विभिन्न आर्काषक उपाहार  प्राप्त गर्नुभएको थियो, काठमाडौंमा हुने मिस एसिया नेपालको टप २० मा सिधै प्रवेश हुन पाउनु हुने छ ।’

पोष्ट इेभेन्ट कार्यक्रमा एई एजुकेशन कन्सल्टेन्सीका गंगा सापकोटाले ब्रान्ड एडबेन्सर बन्नको लागि आवश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिएका थिए । 

कार्यक्रम संयोजक सुमोदमान शैजुका अनुसार ईभेन्टको अफिसियल डिजाइनर अनुष्का सैंजुले गरेकी थिईन् ।  २०७३ मंसिर १५ गतेदेखि पुस ८ गतेसम्म खुलाइएको निवेदनमा सबैगरी २०० जनाले आवेदन फारम भरेका थिए । पुस ९ गते पहिलो अडिसन र पुस १५ गते दोस्रो अडिसन सम्पन्न भएको थियो । 

जसमा २०० जनाबाट ३० जनालाई छनोट गरिएको थियो । ईभेन्टका सिईयो थापाले पहिलो पटक बुटवलमा आयोजना गरिएको मिस लुम्बिनीलाई अर्का बर्ष निरन्तरात दिईने जानकारी दिए । उनले भने–‘बुटवलले पनि यस्तो प्रकृतिको ईभेन्ट आयोजना गरेर एक प्रकारको सन्देश प्रवाह गरेको छ, यस्लाई अर्को बर्ष पनि हामी निरन्तता दिने छौं ।’ 

कार्यक्रममा पत्रकार टि.आर शर्मा, सुमन श्रेष्ठ, विजेट खुस्वु क्षेत्री,  फष्ट रनरअप पुजा प्रधान, सकेण्ड रनरअफ पद्मा अधिकारी लगायतले बोल्दै बुटवलबाट यस्तो प्रकृतिको कार्यक्रम आयोजना गरी विशेष सन्देश प्रवाह गरेको धारणा राखेका थिए । कृष्ण खनालबाट

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने