विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफ"/>

2026-10-10 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा मेरो प्रस्तुति हुने भएकोमा म अति उत्साहित छु: राजेश पायल राई


विजय थापा/अमेरिका l गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफु अत्यन्तै उत्साहित भएको बताए l 

उनले अगाडी भने आफुले बिश्वका अनेक मुलुकमा धेरै प्रस्तुति दिई सकेको भएता पनि अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो पहिलो प्रस्तुति हुने भएकोमा निकै रमाएको र एक प्रकारको खुसि छाएको बताएका छन् l 

आफुले आफ्ना चर्चित गीत पुराना तथा नया गीतको समेत कोसेली लिएर अफ्रीका जाने भएकोले नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई आफुलाई साथ दिन आग्रह नेपाल बाटै गरेका छन् l मातृभूमि भन्दा सात समुन्द्र पार गै अफ्रिकन मुलुक नाईजेरिया मा नेपालीहरु पुगी नेपाली कला ,संस्कृतिलाई जगेर्ना तथा प्रबर्धन गर्न नेपाली समुदायले देखाएको उत्सुकता तथा पहल गरेको देख्दा आफुलाई गौरव लागेको बताए l 

परदेशमा व्यस्त समय बाबजुद  समय व्यवस्थापन गरि समय निकाली कलाकारलाई समेत हौशला गर्ने नाइजेरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली प्रति कृतज्ञ भएको जनाए l उनले गैर आवासीय नेपाली संघ नाइजेरियाका पदाधिकारी तथा बिशेष गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापालाई धन्यबाद दिन चाहेको बताए l 

कुराकानीको क्रममा नाइजेरियामा हुने साँस्कृतिक कार्यक्रम आफ्नो लागि ऐतिहासिक हुने र सबैलाई आफ्नो गीतमा साथ दिन र नाच्न झुम्न समेत तयार हुन् आग्रह गरेका छन् l उनले त्यहाँ पनि नेपालीहरु पुगेकोले कलाकारलाई अवसरको बाटो खुलेको बताउदै नाईजेरियामा नेपालीहरु नपुगेको भए आफुले अवसर  पाउदैनौ थियौ भने l 

गत बर्ष गैर आवासीय नेपाली संघ नाइजेरियाले लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो। संघका आइसिसी सदस्य चिरन्जिबी  रोकाले यस्तो कार्यक्रमले नेपाली कला संस्कृतिको अफ्रिकामा प्रबर्द्धन गर्ने बताएका छन् । उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने संघका सचिब रोशन थापाले जानकारी दिएका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने