सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बि"/>

2026-10-10 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान महोत्सवमा ज्योतीको धमाका


सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बिहीवार ज्योती मगरले धमाका मच्चाएकी छिन् । उनको  पहिरनले चर्चामा आइरहने ज्योती र उनको प्रस्तुती हेर्नका लागि युवा पंक्ति मात्र होइन बृद्धहरु पनि झुम्मेका थिए ।

केहिँबरेमा संचालकले उनलाई प्रस्तुतीका लागि माइक दिदै के थिए युवाहरुको हुटिङ सुरु भयो । उनी पनि के कम आइ लभ यू भन्न पनि छुटाइनन् । त्यसपछि उनको प्रस्तुतीले सबै जनाले मनोरन्जन लिए । आफू पनि नाचिन र दर्शकहरुलाई पनि नचाइन् । 

मेलामा ज्योतीको उही मुलाको सिंकी, उही मुलाको चाना भन्ने गितमा सबैभन्दा धमाकेदार प्रस्तुती रह्यो । उनको कला, नृत्य र पहिरन हेर्नका लागि दर्शकहरुको घुइचो नै थियो । मेलामा करिब उनले २ घण्टा सम्म प्रस्तुती दिएकी थिइन् । मेलाको बिच बिचमा ज्योतीले आफुलाई ल्याइने चर्चाको बारेमा भन्न समेत भ्याइन् ।

आफू चर्चामा आउन छोटो कपडा लगाएको नभई आफूलाई अरुले चर्चामा ल्याएको बताइन् । केहिँले यस्तो अवस्थाको नराम्रो भनेर प्रतिक्रिया रहेपनि युवा पुस्ताको माग अनुसार आफू आफ्नो प्रस्तुती रहने उनको भनाई थियो । 

समाले आफ्नो प्रस्तुतीलाई नराम्रो रुपमा नहेरेपनि हेर्न बाध्य पार्ने अर्को समाज रहेको उनको टिप्पणी थियो । 

मेलामा ज्योती सहित रोसनसिंह ठकुरी, अञ्जली अधिकारी लगायत अन्य स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तूती देखाएका थिए । जारी महोत्सवमा शुक्रवार भुवन केसि लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

स्थानीय स्वाभिमान एकिकृत ग्रामिण सस्थाको आयोजना तथा बिभिन्न निकायको आर्थिक सहयोगमा मेला संचालन भइरहेको छ । दश दिनसम्म संचालन गर्न लागिएको महोत्सव दर्शकहरुको घुइचोका कारण थप दिनका लागि थपिएको आयोजक समितिका अध्यक्ष ओमहरी भट्टराइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने