नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ । 

<"/>
2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

लेक–बेसीमा लोकप्रिय बन्यो गायिका रेखाको स्वर

नरी बडु | जेठ ५, बैतडी । पछिल्लो समय डेउडा गायन क्षेत्रमा निकै चर्चामा आएकी गायिका रेखा जोशीकाको स्वर पहाडका लेक वेसीहरुमा निकै लोकप्रिय बनेको छ । 

मधुरो स्वरकी धनि गायिका रेखा जोशीले गाएका गीतहरु सहर भन्दा पहाडतीर बढी लोकप्रिय बनेका हुन् । 

घाँस काट्न गएका महिला, गोठालो गएका गोठाला र पैदल यात्रा गर्ने पहाडका स्थानीय काम संगै उनको स्वर सुनेर मोहित हुन्छन् । पहाडका सडकहरुमा गुड्ने काडीहरुमा पनि उनको स्वरको लोकप्रियता बढ्दै गएको छ । 

प्रत्यक्ष रुपमा नदेखेपनि उनको स्वरले गायिका रेखा जोशीको बयान गर्नेहरुको संख्या पनि उतिकै रहेको छ । कुनैन कुनै गितमा आफ्नो व्यक्तिगत जिवनसंग मेल खाने थुप्रै घटनाहरु सुरीलो स्वरमा गुञ्जदा हरेक व्यक्ति भावुक हुदै आफ्ना ति दिनहरु सम्झनछन् । 

गर्मिको मौसममा जंगलको छाहारीमा बसेर उनका डेउडा गित सुन्दा जो सुकै व्यक्ति पनि आनन्दको महसुस गरिरहेको पाईन्छ । 

०७१ साल बैसाख १३ गते आफ्नो जन्मदिनका दिन “घुटुक्क बाडुली लाया, रातीमा सपनी आया” डेउडा गितबाट गायन क्षेत्रमा पाईला टेकैकी रेखाका एक सय भन्दा बढी गितहरु अहिले बजारमा आइसकेका छन् । 

ओम डिजिटल रेकडिङ स्टुडियो अत्तिरियामा रेकर्ड गरेको उक्त गित उनका लागि मात्रै एतिहाँसिक बनेन उक्त गित सुदूर तथा सुदूरमा जन्मे हुर्केर देश तथा विदेशका विभिन्न ठाँउहरुमा बसोवास गर्ने श्रोताकामाझ पनि निकै लोकप्रिय बन्यो । 

बाडुली शब्दले सम्पर्क भन्दा टाढा रहेका बेला सम्झनु भन्ने बुझिन्छ । करन राना र रेखा जोशीले गाएको उक्त गितमा गायक गोपाल दयालले शब्द संकलन गरेका थिए । 

पाहडक घर बाजुराको कुलदेवमाण्डौँ (साविकको गाविस) र हाल कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालमा बसोबास गर्दै आएकी छिन् । आमा बुवा बाजुरा बसेपनि उनको जन्मस्थान नै कञ्चनपुरको हल्दुखाल हो । 

सानै उमेरदेखि गित गुनगुनाउन थालेकी रेखा जोशीको पछि स्वरमा सुरिलता भरिदै जादा लोकप्रिय बन्यो । 

सुदूरपश्चिमको कला संस्कृति, भाषा र भेषभुसाको संरक्षणमा उनको स्वरको महत्वपुर्ण योगदान छ । स्नातकोत्तर तह पास गरेर मास्टर पढाईलाइ निरन्तरता दिईरहेकी रेखा आजभोली आफुलाई गित गाउन भ्याई नभ्याई भएको बताउछिन् । 

श्रोताको माया र साथले आफुले आफ्नो स्वरमार्फत सुदूरको कला संस्कृति बचाउनमा सहयोग गरीरहेको उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई