जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डम"/>

2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदिपले ल्याए समसामाहिक गीत ‘मार्यो जे्रबा क्रसिङले’ (भिडियोसहित)


जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा एक कार्यक्रमका बिच ‘जेब्रा क्रसिङ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

जेपिएस. ग्रुपले बजारमा ल्याएको उक्त गीतमा गायक प्रदिपको एकल आवाज रहेको छ । साथै गीतको एरेन्ज तेजेनले गरेका हुन् । गीतको सार्वजनिक भिडियो पनि रोचक बनाइएको छ । जेब्रा क्रसिङका कारण प्रेमिकालाई समयमै भेट्न नपाउदाको पिडा भिडियोमा पनि देखाइएको छ । भिडियोमा सुजन, सुवर्ण, जयराम, पुजाको अभिनय छ ।

गीतको बारेमा बोल्दै गायक प्रदिपले दर्शककै माग अनुरुप पछिल्लो समयको समसामायिक बिषयबस्तुलाई उठाएको बताए । उनले नयाँ ट्राफिक नियमलाई नै रमाइलो तरिकाले गीतमा ल्याउदा सन्देश पनि जाने बताए । ‘मैले यो भन्दा अघि यस्तो प्रकारको गीत त गाएको थिएन तर समसामाहिक गीत पनि गाउनु पर्छ भन्ने लाग्यो र गीतमा रमाइलोको साथमा सन्देश पनि दिन खोजिएको छ ।’, गायक प्रदिपले भने । यसभन्दा अघि देशभक्ति तथा अन्य आधुनिक गीत मात्र गाउनु भएका तपाई एक्कासी यस्तो गीत बनाउने सोंच कहाँबाट आयो भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा उनले भने— ‘हाम्रो तिन जनाको जेपिएस भन्ने ग्रुप छ हामी हरेक काम यो ग्रुपबाट सल्लाह गरेर गर्छौ यस्तै क्रममा नयाँ गीत निकालौं भन्दै गर्दा अहिलेको राजधानीको परिवेशलाई समेटौं भनेर निकालेका हौं ।’ साथै प्रदिपले गीतको रचना पनि रेकिर्डिङ स्टुडियो भित्रै गरेर दुईदिन भित्रमा भिडियो नै सार्वजनिक गरेको बताए ।

कार्यक्रममा गीतको बारेमा बोल्दै नायक अनुरुप पोख्रेल, कान्छा पत्रकार सुजन आचार्य लगायतका अतिथिहरुले गायक प्रदिपलाई गीत राम्रो भएको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने