जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । 

जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । 

जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद "/>

2026-10-10 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुस्का भईन् मिस एसईई चितवन

जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । 

जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन् । शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट टप १२ र ५ हुँदै चितवन जिल्लाको ‘मिस एस.ई.ई. स्टार २०७४’ बन्न पुगेकी हुन् । अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन् । यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ ले आयोजना गरेको हो ।

मिस एसईईको उपाधिका साथमा अनुस्कालाई ‘मिस कन्फिडेन्ट’को उपाधि पनि मिल्यो । साथै प्रतियोगीतामा पहिलो रनरअपबाट चौथो रनरअपमा क्रमशः भुमिका आचार्य, सुजता ढकाल, करिना श्रेष्ठ र स्वेता अर्याले हात पारे । ‘मिस एस.ई.ई. स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागी स्कलरसिपको ब्यवस्था गरेको छ । साथै अन्य दोस्रो र तेस्रो बिजेतालाई पनि नौं महिनाका लागी स्कलरसिपको ब्यवस्था गरिएको कलेजले जानकारी गराएको थियो ।

क्यापटेन बिजय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य जज्को रुपमा बिनोद दास रहेका थिए भने चितवनबाट मिस नेपालको सेमिफाईनल सम्म पुगेकी उर्षा अधिकारी, नर्स सरस्वती तिमिल्सिना र चितवनकै ब्यावसायी चन्दन अग्रवाल रहेका थिए । 

बिगत एकबर्ष देखी शिक्षाका लागी सँगै भन्ने मुल नाराको साथमा बिभिन्न शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ संस्थाले यसै नारामै रहेर ‘मिस एसईई स्टार चितवन’पनि सम्पन्न गरेको हो । कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष नविन यादवले यो प्रतियोगीता अबदेखी बर्षेनी गरिने जानकारी दिए । साथै उनले आफ्नो संस्थाले शिक्षासँग जोडिएका थुप्रै कार्यक्रम गर्ने पनि जानकारी दिएका थिए ।

साथै यसै संस्थाले आउदो साताबाट दृष्टिबिहिनहरुका लागी हाजिरीजवाफ कार्यक्रम पनि आयोजना गर्दैछ । क्याप्टेन बिजय लामाले होस्ट गर्ने यस हिजिरीजवाफ कार्यक्रमको आउदो साताबाट अडिसन शुरु हुने र त्यसकालागी आयोजक टिम देशैभरिका २५ जिल्लामा पुग्ने आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने