2026-10-10 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘ज्वाइँ साब’मार्फत आउँदैछिन निती शाह

काठमाडौं । नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् ।

फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।

नितीका अनुसार फिल्म ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनें । स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भदिनिएँ । यो फिल्मको स्क्रिनप्ले राम्रो छ । मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न सहमत भएँ । फिल्ममा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुुहुन्छ भन्ने थाहा पाएँ’,निती भन्छिन् ।

नितीका अनुसार फिल्मको कथा उनकै वरपर घुमेको छ । फिल्मको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाई छ । ‘मलाई स्टोरीलाइन मन परेको थियो । फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन् ।

केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो । त्यो फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने । निती टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स भएको बताउँछिन् ।

‘हाँसीखुशी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन् । यो कसरी सम्भव छ रु भन्ने चासो आम मानिसमा रहेछ । तर मेरो बुझाइमा जे हुन्छ राम्रैका लागि हुन्छ’, निती भन्छिन् ।

फिल्म ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेकी रहिछन् । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । फिल्ममा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर अझ धेरै सिक्न बाँकी छ’, उनी भन्छिन् ।

उनले आफू जितु नेपालको कामबाट प्रभावित भएको खुलाइन् । ‘जितु दाई म भन्दा धेरै सिनियर । तर सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँले एकदमै सहजीकरण गर्नुभयो । काम गर्न सजिलो भयो । फिल्मको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यो मेरा लागि ‘इन्स्पायरिङ’ लाग्यो’, नितीले भनिन् ।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने