2026-10-10 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा सोनु निगमको कन्सट हुने

काठमाडौँ | बलिउडका चर्चित गायक सोनु निगम नेपाल आउँदैछन्। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम डिसेम्बर २५ मा ह्यात रिजेन्सी होटल, काठमाडौँमा आयोजना हुनेछ। यो कार्यक्रमलाई नेपाली टच नेपालले आयोजना गर्न लागेको हो। यसअघि नेपाली टचले अष्ट्रेलियामा १५ वर्षदेखि विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको थियो र यो पहिलो पटक नेपालमा इभेन्ट गर्न लागेको हो।

नेपाली टच नेपालका प्रमुख राजकुमार गोस्वामीले नेपालमा अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रमको उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन गर्नु र बलिउड कलासंस्कृतिलाई नेपालसँग जोड्नु रहेको छ।


कार्यक्रमका लागि टिकट बिक्री सुरु भइसकेको छ, जसलाई इसेवामार्फत खरिद गर्न सकिन्छ। टिकटहरू फेस्टिभ जेनेरल (२,००० रुपैयाँ), फेस्टिभ प्लाटिनम (४,००० रुपैयाँ), फेस्टिभ VIP सिटिङ (१०,००० रुपैयाँ), र फेस्टिभ VVIP टेबल (५०,००० रुपैयाँ) मा उपलब्ध छन्।

प्लाटिनम टिकटवालाले एक वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखि माथिका टिकटवालाले फ्री फुड एण्ड वेभरेज पाउनेछन्। VVIP टेबल टिकट खरिदकर्ताले ६ जनाका लागि टेबलको सुविधा पाउनेछन्।
कार्यक्रमका हस्पिट्यालिटी पार्टनर ह्यात रिजेन्सीका प्रमुख अमित वालियाले सोनु निगमको बसाइलाई उत्कृष्ट बनाउन कुनै कमी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रम ६ बजे देखि सुरु हुनेछ, जसलाई सञ्जय गुप्ताले सञ्चालन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने