2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिसेस नेपाल वल्र्डका प्रतियोगीले गरे ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन

काठमाडौं । विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शन गरेका छन् ।

राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२४ को ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता विरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा निर्णायक रहेका थिए ।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशिला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ्ग, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टी अर्याल र दीपा बिश्वकर्मा सहभागी छन् ।
यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन् ।

यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन् ।

सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन् । प्रतियोगिता आइना गजुरेलको सह कोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई