2026-10-10 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

१२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने

काठमाडौँ | सफल नेपाली चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने भएको छ। चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरेपछि निर्माणपक्षले यसको दोस्रो संस्करण निर्माण गर्ने तयारी सुरु गरेको हो।

वितरक गोविन्द शाहीका अनुसार ‘१२ गाउँ’ले एक सातामै १० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ र अहिले पनि अधिकांश हलहरूमा १०० प्रतिशत अकुपेन्सीमा चलिरहेको छ। अष्टनारायण हलमा यो पहिलो पटक अबेर रातिको शो पनि फूल अकुपेन्सीमा चलेको उनले बताए।

“चलचित्रको सिक्वेलका लागि कथा पहिल्यै तयार थियो, तर अहिले थप काम भइरहेको छ,” शाहीले भने। उनले भनेअनुसार, निर्माणपक्षले चलचित्र ‘बलिदान’को काम सकिएपछि मात्रै ‘१२ गाउँ’को सिक्वेलको काम सुरु गर्नेछ।

‘बलिदान’ चलचित्रमा मुख्य भूमिकामा समीर भट्ट रहेका छन्, जसले ‘१२ गाउँ’मा पनि अभिनय गरेका थिए। त्यसैले ‘बलिदान’ पूरा भएपछि सिक्वेलको निर्माण र रिलिजको तयारी गरिने भएको हो।

‘१२ गाउँ’लाई चर्चित कलाकार बिराज भट्टले निर्देशन गरेका थिए, जहाँ बिराज र समीर भट्ट मुख्य भूमिकामा देखिएका थिए।

चलचित्रको पहिलो भागको क्लाइमेक्समा अनुसन्धान बाँकी नै रहेको देखाइएकोले सुरु मै निर्माणपक्षले सिक्वेलका लागि स्थान छोडेको प्रष्ट हुन्छ। यो रहस्यपूर्ण अन्त्यले दर्शकहरूमा दोस्रो भागप्रति उत्सुकता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने