2026-10-10 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपकराज गिरीलाई सन्तोष सेनको प्रश्न– २० करोड कमाउँदा सिनेमा उद्योगलाई के गर्नुभयो ?

काठमाडौं । निर्माता र निर्देशक सन्तोष सेनले आफूलाई ‘साइबर सेना’को कमान्डर साबित गर्न चुनौती दिएका छन्। उनले निर्माता तथा कलाकार दीपकराज गिरी र पत्रकार प्रकाश सुवेदीलाई आफूलाई ‘साइबर सेना’ वा ‘साइबर स्याल’ प्रमाणित गर्न आग्रह गरेका हुन्।

उनीमाथि ‘१२ गाउँ’को पक्षमा लागेर ‘छक्का पञ्जा–५’ विरुद्ध ‘साइबर सेना’ प्रयोग गरेको आरोप लागेपछि सन्तोषले आज सामाजिक सञ्जालमा एक भिडियो मार्फत प्रमाण पेश गरेर मात्र बोल्न आग्रह गरेका छन्। “मैले कसरी साइबर सेना वा साइबर स्याल प्रयोग गरेँ? फोन, म्यासेज वा अरू कुनै तरिकाबाट?” उनले प्रश्न गरेका छन्। “अहिलेको डिजिटल युगमा सबथोक थाहा भइहाल्छ।”

साइबर सेनाको कमान्डर भएको आरोपले आफूलाई तनाव दिएको उनले बताए। “मैले घरघर गएर दर्शकलाई १२ गाउँ हेर्नू, छक्का पञ्जा नहेर्नू भनेँ? कि कसरी भनेँ? दर्शकले फरक टेस्ट चाहेका थिए,” उनले थपे। “हाम्रा लागि दर्शक भगवान् हुन्, उनलाई धन्यवाद दिने कि आरोप लगाउने हो?”

सन्तोषले आफू हरेक चलचित्रकर्मीको काम सफल होस् भन्ने चाहने निर्माता भएको बताए। उनले ‘छक्का पञ्जा–५’ पनि सफल होस् भन्ने चाहना व्यक्त गरे।

“प्रकाश दाइले सुनेको र दीपक दाइले देखेको साइबर सेना को हो? त्यसको सत्यता पत्ता लगाऔँ, दर्शकलाई बारम्बार गाली नगरौँ,” उनले भने। “यो दर्शकको अपमान हो र सिनेमा उद्योगका लागि घाटा हो।”

यद्यपि, आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेकाले उससँग बढी पोस्ट गर्न परेको उनले बताए। उनले आफ्नो सिनेमाको हिरो संसारकै उत्कृष्ट हुनु आवश्यक नहुनु आफ्नो गल्ती नभएको बताए।

रिलिज अघि नै सामाजिक सञ्जालमा ‘छक्का पञ्जा–५’को बहिष्कार गरौं र यो पटक ‘१२ गाउँ’ हेरौँ भन्ने पोस्ट र कमेन्टहरू आइरहेका थिए। ‘छक्का पञ्जा–५’को टिमले यसलाई साइबर सेनाको आक्रमण भनेको छ।

“एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन,” उनले भने। “घाटामा जाने सिनेमाले पनि यो उद्योगलाई अगाडि बढाउन उत्तिकै योगदान गर्न सक्छ।”

सन्तोषले दीपकराज गिरीको ब्यानरले सय करोड ग्रस कलेक्सन गरे पनि चलचित्र उद्योगका लागि अपेक्षित काम नगरेको आरोप लगाएका छन्। “तपाईंले सक्षम निर्देशक राखेर समीर भट्ट र प्रदीप खड्कजस्ता सक्षम एक्टरलाई खेलाएर चलचित्र बनाएर नेटफ्लिक्समा रिलिज गर्नु पर्थ्यो,” उनले भने। “यसले नेपाली चलचित्र उद्योगलाई अगाडि बढाउँथ्यो। हामी अंकगणितमा मात्रै सीमित भयौँ। कति थोरै लगानी गरेर कति धेरै कमाउने सोच्नुभयो, जसले व्यक्तिगतरूपमा तपाईंलाई फाइदा भयो। तर, इन्डस्ट्रीलाई फाइदा भएन।”

उनले मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव दिएका छन् र समीर भट्टको उदयलाई काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने