2026-10-10 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्?

काठमाडौँ | नेपाली फिल्म उद्योगको व्यवसायमा सन्देह गर्नेहरूको मुख बन्द हुनेगरी यस वर्षको दसैंमा रिलिज भएका चारवटा फिल्मले उल्लेखनीय कमाइ गरेका छन्। दसैंको फूलपातीमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’, तथा लक्ष्मी पूजामा रिलिज भएको ‘पूर्ण बहादुरको सारंगी’ ले ठूलो संख्यामा दर्शक आकर्षित गरेका छन्।

फूलपातीमा रिलिज तीन फिल्मको कमाइ: फूलपातीमा रिलिज भएका तीन फिल्मले हालसम्म करिब ४८ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको अनुमान छ। ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ ले अझै प्रदर्शन जारी राखेका छन् भने ‘ज्वाइँ साब’ हलबाट उत्रिएको छ।

‘१२ गाउँ’ लाई अभिनेता तथा निर्देशक विराज भट्टले निर्माण गरेका हुन्। यो फिल्मले २३ करोडभन्दा बढीको कमाइ गरेको विराज भट्ट बताउँछन्। फिल्ममा विराजसँगै उनका छोरा समीर भट्ट, न्यासी खड्का, सनिशा भट्टराई लगायतका कलाकारको अभिनय छ।

‘छक्का पन्जा ५’ ले २० करोडभन्दा बढीको कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले जनाएका छन्। दीपाश्री निरौलाद्वारा निर्देशित यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको प्रमुख भूमिका छ।

‘ज्वाइँ साब’ ले तुलनात्मक रूपमा कम, करिब सवा पाँच करोडको ग्रस कलेक्सन गरेको निर्देशक वसन्त निरौलाले बताएका छन्। यस फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकारको अभिनय छ।

फिल्महरूको कमाइ निर्माताहरू र वितरकहरूको दाबीमा आधारित छ, तर यसलाई चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टले पुष्टि गर्न बाँकी छ। बोर्डले सार्वजनिक रिपोर्ट नबनाउने परिपाटीका कारण नेपाली फिल्मको वास्तविक आम्दानीबारे सधैँ प्रश्न उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने