2026-10-10 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाटप्रदर्शनमाआएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुलव्यापार गर्दै दर्शकहरूबाटउच्चप्रशंसा पाइरहेको छ । कूलशोको ५० प्रतिशतभन्दा धेरै शोसहितअहिले यो चलचित्र नेपालमाचलिरहेको छ ।

घरेलु बक्स अफिसमाउछालल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रियबजारमा समेत उच्चमागबढेको छ । सिनेमाको विदेशकाहलमापनिबुकिङ खुलाभइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमाप्रदर्शन हुनलागेको हो । यीदेशमाचलचित्रको बुकिङ खुलाभइसकेको निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रअष्ट्रेलिया, न्युजिल्यान्ड र मध्यपूर्वका विभिन्नशहरहरूमाप्रदर्शन भइरहेको छ । अमेरिकामाभने यो चलचित्रनोभेम्बर ८ शुक्रबारदेखि रिलिजहुँदैछ । यसैगरी यूकेमा पनि सोहीदिनदेखि विभिन्नशहरहरूमाप्रदर्शन हुने तयारी छ ।

अष्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिकमाग गरेका छन् । सिड्नीकाविभिन्नशोहरू पूर्ण रूपमा बुक भएकाछन् । प्रमुखसिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइटसिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्टसिनेमा लगायतकाहलहरूले थपशोहरू राख्नथालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायतन्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएकाछन् ।

मध्यपूर्वमा पनिचलचित्रले उत्कृष्टप्रतिक्रियापाएको छ । टिकटहरू खुलाभएको केहीघण्टाभित्रै बुक भएकाछन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ । चलचित्र’पूर्ण बहादुरको सारंगी’शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई), कतार, र बहराइनकाप्रमुख सहरहरुमाप्रदर्शन हुने भएको छ ।

अमेरिकामाचलचित्रको नोभेम्बर ८ को रिलिजलाई लिएर उच्चउत्साह छ । मंगलबारदेखि टिकटबुकिङ खुला गरिएको छ र धेरै स्थानहरूमाशोहरू फुलभइरहेको हुँदा केहीहलहरूले दुई सातासम्मअग्रिमबुकिङकालागिशोहरू थपेका छन् । टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाको; ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्ड;बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागो; क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगन; डेनभर, फिनिक्स लगायतकाप्रमुख सहरमा शोहरू हुनेछन् ।

यूकेमा पनि यो चलचित्रनोभेम्बर ८ देखि विभिन्नशहरका सिनेवर्ल्ड हलहरूमाप्रदर्शन हुनेछ। यीदेशका धेरै सहरमा उच्चशोसहितचलसचित्रचल्ने निर्माणपक्षले जनाएको छ । यीदेशकादर्जनौं हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।

मंगलबार जापानदेखि अन्तर्राष्ट्रियबजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुलशोबाटआफ्नो अन्तर्राष्ट्रिययात्राप्रारम्भ गर्न सफलभएको थियो । यस हिसाबले चलचित्र’पूर्ण बहादुरको सारंगी’ले नेपालमाप्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहो¥याइरहेको छ । नेपालीडायस्पोराले विश्वव्यापी रूपमादिएको समर्थनले चलचित्रलाई झनै सशक्तबनाएको छ ।

‘नेपालीको बसोबास रहेका ठाउँमा नेपालीचलचित्रको मागबढ्दो छ । पूर्ण बहादुरको सारङ्गी नेपालमापनि राम्रो चलिरहेकाले विदेशमापनिचल्छभन्ने हाम्रो विश्वास छ,”निर्माताप्याट्रिक सुवेदीभन्छन्, “दुई तीनघण्टाड्राइभ गरेर नेपालीहरू नेपालीचलचित्र हेर्न आउनुहुन्छ । यसमापनित्यो क्रेज देखिनेछ ।”

सरोज पौडेल निर्देशित यस सिनेमामाविजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धितामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्तखनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वीपौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाकानिर्माताविनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकालकार्यकारी निर्माताका रूपमाछन् ।

यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिजइन्टरटेनमेन्टले वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने