2026-10-10 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन झन्डै ४ करोड कमाएको ‘पूर्ण बहादुरको सारङ्गी’को आजसम्मको कमाइ कति ?

काठमाडौँ | चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बजारमा एकपछि अर्काे रेकर्ड बनाइरहेकाे छ । उच्च शाे पाएर इतिहास रचेकाे फिल्मले एकै दिन उच्च कमाइ गरेर पनि रेकर्ड बनाएकाे छ ।

शनिबार फिल्मले घरेलु बजारबाट एकैदिन तीन करोड ८९ लाख ग्रस कलेक्सन गरेको थियाे । उक्त दिन फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएको थियाे ।

जुन नेपाली चलचित्रमा हालसम्मकै उच्च शाे र कमाइ हाे । यसअघि एकैदिनमा धेरै कमाउने नेपाली चलचित्रमा ‘कबड्डी–४’ बनेकाे थियाे । ‘कबड्डी–४’ले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो ।

हालसम्मकाे कमाइ कति ?

लक्ष्मिपूजाका दिन रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनकाे १२औं दिनमा चल्दैछ । याेबिचमा फिल्मकाे शनिबारसम्मकाे कमाइ सार्वजनिक भएकाे छ ।

फिल्म निर्माण पक्षले जनाएअनुसार प्रदर्शन भएको १० दिनकाे बिचमा घरेलु बजारबाट फिल्मले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ ।

आइतबार र साेमबार पनि उच्च शाे पाएकाे र उस्तै दर्शक पाएकाे कारण फिल्मकाे कमाइ घटेकाे छैन । साथै, फिल्मले विदेशी बजारमा पनि राम्रै कमाइ गरिरहेकाे छ ।

दर्शककाे उत्साहपूर्ण सहभागितालाई हेर्दा फिल्म केही दिनमै नयाँ रेकर्ड बनाउने सम्भावना अधिक छ ।

सरोज पौडेलले निर्देशन गरेको फिल्ममा विजय बराल र प्रकाश सपूतको मुख्य अभिनय छ । यसैगरी मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको अभिनय देख्न पाइन्छ ।

गन्धर्व समूदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबु छोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा बुनिएको छ ।
फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने