2026-10-10 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पाः २ को प्रिमियरमा भागदौड मच्चिदा कम्तीमा दुईको मृत्यु

हैदाराबाद । भारतमा फिल्मको क्रेज कत्तिको छ भन्ने कुराको उदाहारण खोज्न टाढा जानै पर्दैन । फिल्मको प्रतिक्षा गर्दा निकै समय खर्चेका दर्शकले सजिलै फिल्म हेर्न पाउने पनि अवस्था छैन ।

यसैबीच अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को बुधबार मध्यरात हैदराबादको आरटीसी इन्टरसेक्शनमा रहेको सन्ध्या थिएटरमा प्रिमियर भएकामा भागदौड मच्चिदा फिल्म हलमा चल्नुअघि नै अनिष्ट आइलाग्यो ।

यस प्रिमियरमा अल्लु अर्जुन र रश्मिका मन्डन्ना पनि उपस्थित थिए। आफ्नो मनपर्ने स्टारलाई हेर्न ठूलो संख्यामा मानिसहरु त्यहाँ पुगेपछि भागदौड मच्चिँदा अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

घटनास्थलमै एक महिलाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । तर अहिले अस्पतालमा थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दिलसुखनगर निवासी ३९ वर्षीया रेवती पति भास्कर र दुई छोरासँग स्क्रिनिङमा गएकी थिइन् । रेवती र उनको परिवार थिएटरबाट बाहिर आउँदा भागदौड मच्चियो।

समाचार अनुसार फ्यानहरू अल्लु अर्जुनको झलक हेर्न थिएटरमा पुगे र मानिसहरूलाई बाहिर धकेलाधकेल भएको थियो । यस घटनामा रेवती र उनका छोरा श्री तेज बेहोस हुन पुगेका थिए ।

प्रहरी कर्मचारी र दर्शकहरूले तुरुन्तै रेवती र उनको छोरालाई सीपीआर दिए, जसलाई पछि नजिकैको अस्पताल लगियो। छोरालाई सुपर स्पेशलिटी अस्पतालमा सारिएको थियो, जहाँ उनको अवस्था गम्भीर थियो । तर चोटका कारण रेवतीको पनि मृत्यु भयो । रेवतीको शव पोस्टमार्टमका लागि गान्धी अस्पताल लगिएको छ ।

अहिले अस्पतालमा भर्ना भएका अर्का बिरामीको मृत्यु भएको खबर आएको छ । यसको मतलब यो प्रिमियरमा भएको भागदौडका कारण दुई जनाको ज्यान गएको हो । एक जना घाइते भएका छन् । अल्लु अर्जुन कार्यक्रममा आएको खबर फैलिएपछि स्थिति नियन्त्रण बाहिर गएको प्रत्यक्षदर्शीले बताए । फ्यानहरूले सुपरस्टारको नजिक जान खोज्दा ठूलो भीड जम्मा भयो, जसले अराजकता निम्त्यायो।

घटनास्थलमा पहिल्यैदेखि तैनाथ प्रहरीले भीडलाई तितरबितर पार्न हल्का लाठीचार्ज गरेको थियो तर कोलाहलका कारण रेवती र उनका छोराको झडपमा मृत्यु भएको थियो । अधिकारीहरूले क्षेत्रलाई घेरा हालेका थिए, थिएटरका गेटहरू बन्द गरेका थिए र भीडलाई नियन्त्रण गर्न थप बलहरू बोलाइएको थियो ।

तर, स्थिति नियन्त्रणमा लिन हम्मे हम्मे परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने