२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओपनिङ डेमा बक्स अफिसमा पुष्पा- २ को नयाँ रेकर्ड, कति कमायो?

२१ मंसिर २०८१, शुक्रबार ११:५६

काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ मा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । पोष्ट–प्रडक्शनमा ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ । योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ ।

फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ । पुष्पा २ः द रुलले रामचरण र जुनियर एनटीआरको आरआरआर फष्र्ट कलेक्शनमा निकै पछाडि छाडेको छ । आरआरआरले पहिलो दिन १३३ करोड कमाएको थियो । फिल्मको कमाई सप्ताहन्तमा थप उकालो लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल