2026-10-10 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पुष्पा–२’ को बक्स अफिसमा नयाँ इतिहास: ६ दिनमै १००० करोड क्लबमा सामेल

काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ ले बक्स अफिसमा लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ। यो फिल्मले ६ दिनमै विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो ।
यो फिल्म कम समयमा १००० करोड क्लबमा सामेल हुने पहिलो भारतीय फिल्म समेत बनेको छ। फिल्म ५ डिसेम्बरमा विश्वभर रिलिज भएको हो।

भारतीय संचारमाध्यमका अनुसार हिन्दी संस्करणबाट मात्र फिल्मले ३७५ करोड भारु कमाइसकेको छ। शुक्रबारसम्म यो फिल्म ५०० करोड क्लबमा प्रवेश गर्ने अनुमान छ। यो फिल्मले भारतभरका सबै भाषाबाट ६८७ करोड नेट कमाइ गरिसकेको छ। भारतीय संचारमाध्यमहरुले ‘पुष्पा–२’ले आमिर खानको ‘दंगल’ को २०७० करोडको विश्वव्यापी कमाइको रेकर्ड समेत तोड्न सक्ने बताएका छन्।

‘पुष्पा–२’ हिन्दी भाषामा ६ दिनमै ३७५ करोड भारु कमाउने पहिलो भारतीय फिल्म बनेको छ। यसले हिन्दी संस्करणमा २००, २५०, ३००, र ३५० करोड क्लबको नयाँ रेकर्ड पनि कायम गरेको छ।

चलचित्र ‘पुष्पा–२’ ले ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो । योसँगै फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडेको छ ।

‘पुष्पा–२’ ले रिलिज भएको ३ दिनमै हिन्दी बेल्टमा २०५ करोड कमाएर शाहरुखको ‘जवान’को कीर्तिमान तोडेको छ । जवानले तीन दिनमा १८० करोड कमाएर कीर्तिमान बनाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पाराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने