2026-10-10 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि…

काठमाडौँ | अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन् । उनको उक्त तस्विर सामान्यभन्दा फरक मात्र नभएर अनौठो किसिमको पनि छ ।

सुरक्षाको उक्त तस्विर हेर्दा उनको दुर्घटना भएको हो कि भन्ने जस्तो देखिन्छ तर उनले तस्विर खिचाउनकै लागि सडक दुर्घटनाको शैलीमा लडेकी छिन् । तस्विरमा सेतो रंगको कारको अगाडिको ढोका खुल्लै छ भने सुरक्षा उत्तानो परेर लडेकी छिन् । उनको आधा शरीर बाटोमा छ भने आधा शरीर कारमा रहेको छ ।

सेतो रंगको टिसर्ट, कालो मिनी स्कर्ट अनि कालो बुट लगाएकी सुरक्षा फूल मेकअपमा देखिएकी छिन् । भुईँमा लडेको ठाउँमा अन्य लुगाहरु पनि छरिएको छ । कारको माथि एउटा सानो टेडि वियर रहेको छ ।

रमाइलो कुरा के छ भने सुरक्षाले आफू कारबाट ढलेको तस्विरमा गायिका शान्ता रानी परियारको पछिल्लो भाइरल गीत ‘म त ढलेँ ढलेँ…’ ब्याकग्राउण्डमा राखेकी छिन् । त्यति मात्र नभएर सुरक्षाले तस्विरको क्यापशनमा यो गीत राख्नु पर्यो भनेर पनि लेखेकी छिन् ।

सुरक्षाको यो तस्विरमा विभिन्न रमाइला किसिमका प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले उनलाई मापसे गरेर गाडि नचलाउन सल्लाह दिएका छन् । त्यस्तै केहिले भने सुन्दर दुर्घटना भनेर पनि प्रतिक्रिया दिएका छन् । अत्यधिकले भने उनको तस्विरमा लभको इमोजी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने