Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ?

२०८१, ९ माघ बुधबार १४:४१

काठमाडौँ | अहिले भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाका क्रममा थुप्रै व्यक्तिहरू भाइरल बनिरहेका छन् । त्यसमा पनि बढी चर्चा साधु बाबाहरूको छ । सर्वसाधारणसँग कुरा गर्ने शैली, दिने शिक्षा र उनीहरूसँग भएको ज्ञानले गर्दा उनीहरू चर्चामा आइरहेका छन् । साधु बाबासँगै अन्य व्यक्तिहरू पनि भाइरल भइरहेका छन् ।

भाइरल हुने मध्ये एक हुन् मोनालिसा भोन्सले । इन्दोरकी सामान्य माला बिक्रेता भोन्सले सामाजिक सञ्जालमा रूप र नामका कारणले चर्चामा छिन् । उनको अनुहार वैज्ञानिक लियोनार्डो दा भिन्चीले बनाएको मोनालिसासँग मिल्दोजुल्दो भएको भन्दै धेरैले भिडिओ खिचेका छन् । ती भिडिओ सामाजिक सञ्जालमा आएपछि सामान्य तरिकाले माला बेचेर जीविको पार्जन गरिरहेकी उनी भाइरल बनिन् ।

भोन्सलेको अनौठो सुन्दरता नै उनको चर्चाको मुख्य कारण हो । उनको गहुँगोरो वर्ण, आकर्षक आँखा र तीखो नाकले धेरैलाई लियोनार्डो दा भिन्चीको मोनालिसाको सम्झना गराएको छ । उनको रहस्यमय अभिव्यक्ति र स्पष्ट अनुहारको बनावटले मानिसहरूलाई मोहित बनाएको छ ।

मोनालिसाको जीवनमा परिवर्तन ल्याउने भिडियो त्रिवेणी संगममा माला बेच्दै गरेको अवस्थामा खिचिएको थियो । त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनलाई मोनालिसासँग तुलना गर्न थाले । त्यसपछि उनको बारेमा चर्चा र बहससँगै हजारौं लाइकको बाढी आयो । चर्चाले क्षणिक फाइदा दिए पनि उनलाई त्यो चर्चा बोझ बन्न पुगेको छ ।

सामान्य जीवनयापनमा सङ्घर्ष गर्दै रमाइरहेकी उनी भाइरल बनेपछि धेरैले सेलिब्रेटीको ट्याग भिडाइदिएका छन् । जसले गर्दा उनीसँग सेल्फी खिच्न र भिडिओ बनाउन मानिसहरू आउन थाले । यसले गर्दा उनको माला बिक्रीमा कमी आएको छ । साथै मानिसहरू माला किन्नुको साटो उनीसँग फोटो खिच्न र भिडिओ बनाउनमा व्यस्त भए ।

फोटो खिच्ने नाममा सर्वसाधारणले उनलाई दुर्व्यवहार समेत गर्न थालेपछि भोन्सलेका बुबाले उनलाई घर फर्काई दिएका छन् । उनका बुबाले मिडिया असल जीवन वा जीविकोपार्जनका लागि उपयुक्त ठाउँ नभएको भन्दै आफ्नी छोरीलाई घर फर्काउन बाध्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका केही भिडिओमा उनले मानिसहरू क्यामेरा तेर्साउँदै नआउन् भन्नका लागि आफ्नो अनुहार लुकाइरहेको समेत देखिन्छ । लावण्या बल्लाल जैनले एक्समा उक्त घटनाको भिडिओ शेयर गर्दै लेखेका छन्, “भारतीय पुरुषहरू कति घिनलाग्दा छन् ? मध्ये प्रदेशको एउटा गरिब परिवारकी एउटी युवती आफ्नो जीविका चलाउन माला बेच्न कुम्भ मेला गएकी थिइन् । तर पाप धुन गएका पापीहरू यति मोहित भए कि अब उनको परिवार आफ्नो जीविकोपार्जन धान्ने व्यवसाय बचाउन भिड हटाइरहेको छ ।” मोनालिसाले मेकअप गरिरहेको भिडिओ लगायत अन्य भिडिओहरू सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको सुन्दरताको प्रशंसा गरे पनि उनको व्यवसायमा परेको असरलाई कमैले मात्र ध्यान दिएको भन्दै भिडिओ खिच्नेहरूको आलोचना भइरहेको छ । सचिन गुप्ता नामक एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, “सबै जना उनको फोटो खिच्दै छन्, तर उनको माला कसले किन्छ ?” यसले इन्टरनेटको चर्चाले कसरी आर्थिक रूपमा असर गर्छ भन्ने देखाएको छ ।

भाइरल बनेपछि समस्यामा परेका अर्का व्यक्ति हुन्, आईआईटियन बाबाका रूपमा चर्चा पाएका एरोस्पेस इन्जिनियर अभय सिंह । आईआईटी मुम्बईबाट इन्जिनियरिङ सकेका उनी साधु किन बने भन्ने विषयले धेरैको ध्यान खिच्यो । धेरैले भिडिओ बनाउन थालेपछि उनी पनि भाइरल भए । कसलाई के भन्ने, कोसँग के बोल्ने भन्ने ख्याल नगर्दा उनी आफ्ना गुरुको आलोचना गर्न पुगे । र, उनी आश्रमबाटै निकालिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै