2026-10-10 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट दायर, प्रदर्शन रोक्न माग

काठमाडौँ | चलचित्र ‘एक्टर’ निर्माणपक्षले सिनेमा ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट निवेदन दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा शुक्रबार (माघ ११) प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

“चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै चलचित्र एक्टर : टेक वानविरुद्ध मुद्दा दर्ता भएको छ,” काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले भने । दुवै पक्षलाई छलफलका निम्ति यही माघ १५ गते अदालतमा बोलाइएको उनले जानकारी दिए ।

रिटमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ ।

‘एक्टर : टेक वान’ माघ १६ गते रिलिज हुने तय छ । अदालतमा मुद्दासँगै यो चलचित्रको बुकिङ खुला गर्ने/नगर्ने भन्नेमा अन्योल देखिने भएको छ ।

‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज भइसकेको छ । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।

‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने