2026-10-10 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक्टर’ विरुद्ध ‘एक्टर : टेक वन’का निर्माता अदालतमा

काठमाडौँ | फिल्म ‘एक्टर : टेक वन’ का निर्माताले ‘एक्टर’ फिल्मका निर्माताबिरुद्द अनुचित लाभ लिएको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

फिराद पत्रमा फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट एक महिनामा सटही हुने सर्तमा १५ लाख रुपैयाँको चेक लिएको उल्लेख छ । ‘एक्टर : टेक वन’का निर्माताले सम्झौता लिखत बदर गरि अनुचित समृद्धिको चेक बदर गरि पाऊँ भन्दै विहिबार अदालतमा मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

फिराद पत्रमा आफूहरुले दिएको चेक रद्द गरिपाँउ भनी मागदावी भएको छ । फिरादपत्रमा भनिएको छ, ‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग एक्टर टेक वन चलचित्र प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्ति बापत भन्दै अनुचित रुपमा १५ लाखको चेक लिएकाले अधृत फिल्म्स प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा(रद्द) गरि पाऊँ ।’

मुद्दामा ‘एक्टर’ फिल्मको निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाइएको छ । अदालतले चैत ६ गते दुबै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ।

यसअघि माघ १५ गते काठमाडौं जिल्ला अदालतले ‘एक्टर’ फिल्मका निर्माताको मागअनुसार ‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको थियो। तर, दुबै पक्षबीच आन्तरिक सहमति भएपछि उक्त मुद्दा फिर्ता लिइएको थियो, जसका कारण ‘एक्टर : टेक वन’ प्रदर्शनमा आएको थियो।

तर, उक्त सहमतिबारे दुबै पक्षले खुलेर जानकारी दिएका थिएनन्। अहिले पुनः कानुनी लडाइँ सुरु भएसँगै सो सहमतिबारे रहस्य खुलेको छ। अदालतका सूचना अधिकारी श्रेष्ठका अनुसार अब दुबै पक्षलाई छलफलका लागि बोलाएर कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने