साउन १५, बुटवल | गत चैत्र महिनादेखि लुम्बिनी टेलिभिजनबाट प्रशारण भईरहेको सांगितिक विधाको रियालिटी सो लुम्बिनी राईजिङ स्टार २०७४ मा टप ५ प्रतिष्पर्धीहरु छनो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, बुटवल | गत चैत्र महिनादेखि लुम्बिनी टेलिभिजनबाट प्रशारण भईरहेको सांगितिक विधाको रियालिटी सो लुम्बिनी राईजिङ स्टार २०७४ मा टप ५ प्रतिष्पर्धीहरु छनो"/>

2026-10-10 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अव यि पाँच मध्ये एक बन्नेछन राईजिङ स्टार (को हुन टप ५ प्रतिष्प्रर्धीहरु?)


साउन १५, बुटवल | गत चैत्र महिनादेखि लुम्बिनी टेलिभिजनबाट प्रशारण भईरहेको सांगितिक विधाको रियालिटी सो लुम्बिनी राईजिङ स्टार २०७४ मा टप ५ प्रतिष्पर्धीहरु छनोट भएका छन् । 

सनिबार भएको टप ६ प्रतिस्पर्धी बाट विज्ञानी पराजुली बाहिरीएपछि फाईनल प्रतिस्पर्धाका लागि ५ जना प्रतिस्पर्धी छनोट भएका हुन् । 

बुटवल मण्डपबाट साउन २८ गते दिउसो ४ बजेदेखि हुने फाईनल प्रतियोगितामा प्रतिष्प्रधीहरुले अन्तिम प्रतिष्पर्धा गर्ने छन् । लुम्बिनी राईजिङ स्टारको अडिसन दिएका ७४ जना प्रतिस्पर्धी बाट टप ५ फाईनलका लागि छनोट भएका हुन् । 

प्रतियोगितामा प्रथम हुने प्रतिष्प्रर्धीले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै द्धितियले ५५ हजार ५ सय ५५ र तृतियले ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछन् ।

निर्णायक र एसएमएस भोटिङबाट छानिएका टप ५ प्रतिस्पर्धीहरुमा कपिलवस्तुका अर्जुन मिश्र, बुटवल कालिकानगरका आशिष विश्वकर्मा, अर्घाखांची जुकेनाका शुसिल आचार्य, बुटवल मैनाबगरकी सेजल गुरुङ र रुपन्देहीको तिलोत्तमाकी युनिसा पाण्डे रहेकी छन् ।

को हुन टप ५ प्रतिष्प्रर्धीहरु

अर्जुन मिश्र

कपिलबस्तु जिल्लामा जन्मिएका अर्जुन मिश्र सानैदेखि गित संगित मन पराउथे । घरमा बुवा माधव प्रसाद मिश्रले भजनको गित गाउदा उनले चनाखो भएर सुन्थे । 

बुवा भारतको सरकारी मन्दिरमा पुजा गर्ने र भजन गाउने भएकाले पनि अर्जुनले बुवाले भजन गाउदा आफुले त्यहि बाटै कला संगितमा मन गएको बताउछन । परिबारकै सहयोगबाट संगित क्षेत्रमा अगाडि बढेको बताउने १९ बर्षिय अर्जुन मिश्र बुटवलको आदर्श नगरमा बस्दै आएका छन । 

बुटवल बहुमुखी क्याम्पसमा विएससी तेस्रो बर्षमा अध्यायन गर्दै गरेका अर्जुन गायक प्रमोद खरेलका गितहरु बाट आफु प्रेरित भएका बताउछन । २ बर्ष देखि बुटवलको बागेश्वरी संगितालयमा संगित सिक्दै गरेका अर्जुन नेपाली सांगेतिक क्षेत्रमा उदाउदो नक्षेत्र बनेर अगाडि आउने लक्ष्य रहेको बताउछन । 

लुम्बिनी राईजिङ स्टारको टप ५ प्रतिस्पर्धी सम्म आईपुग्दा अर्जुन संगितको टेक्निकल लाईन, स्टोजमा गर्ने प्रस्तुती आफुले सिकेको बताउछन । उनको भोटिङ कोर्ड ४६ रहेको छ ।

आशिष विश्वकर्मा

बुटवल कालिकानगरमा बस्ने आशिष विश्वकर्मा लुम्बिनी राईजिङ स्टारका अर्का टप ५ प्रतिस्पर्धाी हुन । 

१७ बर्षिय आशिष बुटवलको कालिका माविमा कक्षा ११ मा पढदै आएका छन । पप गायक बन्ने लक्ष्य राखेका आशिष सानै उमेर देखि नै गित संगित गुनगुनाउने गर्दथे । 

पढाई र संगितलाई संगै बढाएर रक स्टार बन्ने लक्ष्य राखेका आशिष घरपरिबारकै कारण यहँ सम्म आएको बताउछन । बुटवलको बागेश्वरी संगितालयमा ४ बर्ष देखि संगित कक्षा सिक्न थालेका आशिष कमल खत्रीको गायनकला बाट प्रभावित भएका छन । 

बुवा युवराज विश्वकर्माले गित गुनगुनाईरहदा आशिष पनि त्यसमा स्वरबन्द गर्न लागि पर्थे र त्यहि बुवाकै कारण उनी संगित क्षेत्रमा लागेको बताउछन । 

लुम्बिनी राईजिङ स्टारमा प्रतिस्पर्धाी बनिरहदा आशिष जर्जहरुको कमेन्टका आधारमा स्वरको सुधार, स्टेज प्रस्तुती र टेक्निकल आईडियाहरु सिकेको बताउछन । आशिषको भोट गर्ने कोर्ड नंं ५६ हो ।

शुसिल आचार्य

अर्घाखाँचीको जुकेनामा जन्मिएका शुसिल आचार्य हाल बुटवल गोलपार्क बस्दै आएका छन । प्लस टु कान्ति माविबाट गरेका आचार्य लुम्बिनी राईजिङ स्टारका टप ५ का प्रतिस्पर्धी हुन । स्वरलाई तिखार्दै टप ५ सम्म आई पुगेका आचार्य संगितमै जीवन बिताउने योजनामा रहेका छन । 

बुटवलकै वागेश्वरी संगितालयमा संगित पढदै गरेका आचार्यलाई क्लासिकल, सेमिक्लासिकल गितहरु गाउन र सुन्न बढि मन पर्छ । 

एसएलसी दिएपछि मात्र आफनो संगित यात्रा सुरु गरेका उनले २ बर्ष देखि संगित कक्षा सिक्दै आएका छन । परिबारकै कारण यहा सम्म आईपुगेका शुशिल संगितमै व्याचलर गर्ने बताउछन । सत्य स्वरुपराज आचार्य र शिव परियारका गितहरु बाट प्रेरित भएको उनी बताउछन । 

परिबारमा कसैले पनि संगित विधालाई नअंगालेको भएपनि आचार्य संगित क्षेत्रमा रमाउने योजनामा छन । राईजिङ स्टारमा टप ७४ बाट टप ५ सम्म आईपुग्दा उनले स्टेज प्रस्तुती, क्यामरा फेस गर्न सकेको बताउछन । आचार्यको भोटिङ कोर्ड ३७ हो ।

सेजल गुरुङ

बुटवलको मैनाबगरमा बस्ने १७ बर्षिय सेजल गुरुङ लुम्बिनी राईजिङ स्टारकी टप ५ मध्येकी एक प्रतिभाशाली कलाकार हुन । 

न्यू होराईजन कलेजमा कक्षा १२ मा अध्यानर सेजल व्यवस्थापन विषय लिएर अध्ययान गरिरहेका छिन । परिवारनै संगितप्रेमी भएकै कारण संगित क्षेत्रमा रुची बढेको बताउने सेजल सफल गायीका बन्ने लक्ष्य रहेका छ । 

परिबारको साथ र सहयोगकै कारण संगित क्षेत्रमा पाईला चाल्दै गरेकी सेजल बागेश्वरी संगितालयमा १ बर्ष देखि संगित सिक्दै पनि आईरहेकी छन । 

सवै खालका गित संगित सुन्न र गलामा कला भर्न रुचाउने सेजल सानै उमेर देखि संगितमा झुम्ने गर्दथिईन । बुवा बुद्धि प्रसाद गुरुङ पनि छोरीको संगित यात्रामा आफनो सपोट रहने बताउनुहुन्छ । 

गायिका तिर्सना गुरुङको कला संगितबाट प्रेरित सेजल लुम्बिनी राईजिङ स्टारको टप ५ मा आईपुग्दा धेरै कुरा यो प्लेटफमले सिकाएको बताउछिन । सेजललाई भोट गर्ने भोटिङ कोर्ड नंं ६३ हो ।

युनिसा पाण्डे

लुम्बिनी राईजिङ स्टार २०७४ कि टप ५ प्रतिस्पर्धाी मध्ये सवैभन्दा कम उमेरकी अर्की प्रतिस्पर्धाी हुन १३ बर्षिय युनिसा पाण्डे ।

तिलोत्तमा नगरपालिकामा रहेका न्यू होराईजन जिविएस बोडिङ स्कुलमा कक्षा ८ मा पढदै गरेकी युनिसा सानै देखि कला र संगित क्षेत्रमा रुची भएको बताउछिन । 

घरमा दिदी सृष्टि पाण्डेले गित गाउदा नजिकै बसेर चासोपुर्वक सुन्ने गरेकी युनिसा अहिले दिदिले जस्तै प्रस्तुती दिन थालिसकेकी छिन । 

संगित कक्षा अहिले सम्म नल्याएकी युनिसा अब संगित कक्षा लिएरै संगित विधामा अगाडि बढने लक्ष्य रहेको बताउछिन । भावुक गित संगितहरु सुन्न र गाउन मन पर्ने युनिसालाई परिबारबाट राम्रो सपोर्ट भएकै कारण संगित क्षेत्रमा अगाडि बढेको बताउछिन । 

पढाई र संगित लाई संगसंगै लैजाने र पछि सफल गायिका बन्ने लक्ष्य राखेकी युनिसा पढाईमा समेत अव्वल छिन । युनिसालाई भोट गर्ने भोट कोडिङ नंं २५ हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने