2026-11-25 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दुनियाँ हल्लाएको हत्या प्रकरणः साउथका सुपरस्टारले प्रेमिकासँग मिलेर गरे फ्यानको हत्या!

काठमाडौँ | कन्नड अभिनेता दर्शनको संलग्नतामा रेनुकास्वामी हत्या प्रकरण ः एउटा प्रशंसकको ज्यान लिने क्रूरता रहेको टिप्पणी भयो।

चित्रदुर्गका ३३ वर्षीय रेनुकास्वामीको कुटपिट गरी हत्या गरिएको सनसनीपूर्ण घटनाले सम्पूर्ण कर्नाटक हल्लिएको थियो। यो हत्या कन्नड सुपरस्टार दर्शन थूगुदीपा, उनकी प्रेमिका पवित्रा गौडा र उनीसँग सम्बन्धित अन्य ११ जनाको संलग्नतामा भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।

पीडित रेनुकास्वामी, जो एक फार्मेसीमा काम गर्ने व्यक्ति थिए। अभिनेता दर्शनको कट्टर प्रशंसक रहेको जनाइएको थियो।

दर्शनकी प्रेमिका पवित्रा गौडालाई उनले बारम्बार अश्लील र आपत्तिजनक सन्देशहरू पठाएको आरोप थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनले यो कार्य दर्शनको वैवाहिक जीवन बर्बाद भइरहेको भनी आक्रोशमा गरेका थिए।

हत्या कसरी भयो?
७ जून २०२४ मा, रेनुकास्वामीलाई दर्शनका सहयोगी रघुले अपहरण गरी बेंगलुरुको एक शेडमा ल्याए। त्यहाँ उनलाई लठ्ठी, बेल्ट, र इलेक्ट्रिक झटका दिइयो। पवित्रा गौडा पनि केही समयसम्म शेडमा उपस्थित रहेको प्रहरीले अनुसन्धानका क्रममा खुलाएको थियो।

पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु धेरै चोटका कारण रक्तस्राव र शोकबाट भएको थियो।

उनको एक कान काटिएको र अण्डकोष फोरेको तथ्य पनि बाहिर आएको थियो। शव सोही बर्षको ८ जूनमा सुमनहल्ली पुल नजिकको नालामा फेला परेको थियो।

अनुसन्धान र पक्राउ

९ जूनमा शव भेटिएपछि अनुसन्धानले तीव्र गति लियो। १० जूनमा चार युवाले आत्मसमर्पण गरी आर्थिक विवादमा हत्या गरेको भने पनि विस्तृत अनुसन्धानपछि थाहा भयो कि उनीहरूले दर्शनको नाम लुकाउन ५–५ लाख रूपैयाँ लिएर झुटो बयान दिएका थिए।

११ जूनमा, दर्शनलाई मैसुरुको एक जिमबाट गिरफ्तार गरियो। उनको प्रेमिका पवित्रा गौडा र अन्य ११ जनालाई समेत पक्राउ गरियो।
उनीहरूमाथि हत्या र प्रमाण नष्ट गर्ने प्रयासको मुद्दा चलाइएको थियो।

१६ जूनदेखि अदालतमा पेशी सुरु भयो। दर्शनलाई कैदी नं. ६१०६ दिइएको थियो र उनलाई प्रारम्भमा उच्च सुरक्षा कक्षमा राखिएपछि, स्वास्थ्य समस्या देखिएपछि जेल अस्पताल लगिएको थियो। पछि उनलाई अन्य विचाराधीन कैदीहरूसँग सामान्य ब्यारेकमा सारियो।

२४ जूनमा उनका सह–अभिनेता विनोद प्रभाकरले जेलमै भेट गरेका थिए। दर्शनले जेलमा वजन घटेको, डायरिया भएको, र एकपटक बेहोस भएका विवरणहरू पनि सार्वजनिक भए।

३ सेप्टेम्बर २०२४ मा दर्शन, पवित्रा र अन्य ११ जनाविरुद्ध प्रहरीले औपचारिक चार्जशीट दर्ता गरेको थियो।

८ सेप्टेम्बरमा, दर्शनले रेनुकास्वामीमाथि कुटपिट गरेको स्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह