2026-10-10 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदम थुलुङको ‘मायाँ छ रुमालैमा’ सार्वजनिक (भिडियोसहित)

खोटाङका युवा गायक तथा संगीतकार पदम थुलुङको लोक जुहारी ‘मायाँ छ रुमालैमा’ सार्वजनिक भएको छ । 

‘माया छ रुमालैमा’ लाई माघे संक्रान्तीको अवशर पारेर सोमबार यूटुवमार्फत सार्वजनिक गरिएको हो । हाइलाईट्स म्यूजिकमार्फत बजारमा आएको लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारी मायाँ छ रुमालैमाको भ्यूअर एकैदिनमा ११ सय बढी पुगेकोको गायक तथा संगीतकार थुलुङले बताउनुभयो । 

 रावाबेशी गाउँपालिका ३ लामिडाडाँका स्थानिय बासिन्दा गायक थुलुङ र गायिका सरला राईको स्वरमा सजिएको जुहारी विशेषगरी बुढापाकाले मात्र गाउने र बुझ्ने भाकामा आधारित ६ मिनेट लामो लोकजुहारीमा पुर्वका किरात समुदायमा गाइने लोपोन्मुख भाकालाई समेटेर तयार पारिएको हो । लोकजुहारीमा सितोरियो करातेकी रेफ्री समेत रहेकी मोडल शेसुका राई, पवन राई, निर्मला पुलामी, वशन्त राई, दिनेश राई, रेनुका राई लगायतको अभिनय देख्न सकिन्छ ।  

गणेशकुमार राईको शव्द र अनिल थुलुङको नृत्य निर्देशन रहेको लोकजुहारीको भिडियोको निर्देशन युवराज राईले गरेका हुन् । लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारीको छायांकन असोज तेश्रो साता खोटाङकै लामीडाँडा गाउँपालिकाको चिउरीबासमा गरिएको थियो । वशन्त राई र दिनेश राईले निर्माण गरेको गीतको भिडियोमा विहेकाक्रममा हुने विभिन्न रितलाई सांगीतिकरुपमा चित्रण गरिएको छ । बुढापाको अन्त्यासँगै लोपोन्मुख बनिसकेको सो लोकभाका विशेषगरी गाउँघरमा एकादसी लगायतका मेला हाटबजार तथा विहेबारी, छेवर लगायतका शुभकार्यमा पाहुनासँग छुट्टिने बेलामा गाउने गरिन्छ । 

गाउँघरमा कुनै–कुनै ठाउँमा मात्र गाइने भएकाले भाकालाई सुहाउँदो दृश्य गाउँमै कैंद गरिएको गायक तथा संगीतकार थुलुङले बताउनुभयो । ‘अहिलेका युवा पुस्ता जानकार छैनन्, यो लोपोन्मुख बनिसकेको छ,’ ईलाहावादबाट संगीतमा बिम्यूज थुलुङले भन्नुभयो,‘यो भाका बुढापाकाले मात्र गाउने गरेको छ, गाउँघरमा सदियौंदेखि बसोबास गर्ने बाजेबराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो बनाएका हौँ ।’ 

२०६८ सालदेखि व्यवसायीक संगीतमा लागेका थुलुङका दर्जनौं गीत बजारमा आइसकेका छन् । प्रस्तुति: चिसाङ शेर्पा, खोटाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने