2026-10-10 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सुर्खेत: प्रतिभाको खोजी गर्न हुनेभयो प्रदेश स्तरीय आईडल

दलसिंह गिरी/माघ ५, सुर्खेत । नेपाली समाजको कला, संस्कृतिको संरक्षण अभियानमा लागेको सिङ्गारो म्युजिक प्रा.लि.ले यहि आउदो चैत्र ३० गते ‘छ प्रदेश आईडल’ प्रतियोगिता गर्ने भएको छ । 

प्रदेश नं. ६ मा लुकेर रहेका प्रतिभाको खोजी तथा त्यसको उजागरका लागि सिङ्गारो म्युजिक प्रा.लि.ले प्रदेश स्तरीय आईडल प्रतियोगिता गर्ने भएको हो ।

विगत बर्षमा विभिन्न चाडपर्व,  दिवसको अवसर पारेर धेरै सास्कृतिक कार्यक्रमहरु तथा प्रतियोगिता गरिसकेको म्यूजिक प्रा.लि.ले यस पटक भने प्रदेश ६ का सबै जिल्लाहरुमा सास्कृतिकका विभिन्न विधाहरु मध्यको गायन विधाका प्रतिभावान कलाकारको खोजी गर्न प्रदेश स्तरीय आईडल प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

यहि माघ ५ गते एक प्रेस बक्तब्य निकाल्दै म्युजिक प्रा.लि.ले पहिलो चरण माघ मसान्त बाट प्रत्येक जिल्लाबाट  उत्कृष्ट ५÷५ जना प्रतिभावान छनोट गरी, दोश्रो चरण सुर्खेतमा संयुक्त आईडल हुने र अन्तिममा चैत्र ३० गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आयोजकले फाईनल प्रतियोगिताका  विजेताहरुलाई भारी धनराशीको पुरस्कार समेत घोषणा गरेको छ । फाईनल आईडलमा प्रथम हुनेलाई ३ लाख नगद पुरस्कारका साथै मौलिक गीत रेकडिङ्गको अवसर, दोश्रो हुनेलाई २ लाख नगद, तेश्रो हुनेलाई एकलाख नगद पुरस्कार र उत्कृष्ट गायकलाई पचास हजार नगद पुरस्कार दिईने जनाएको छ ।

गायन विधाको आईडललाई सफल पार्न प्रदेशवासी सम्पूर्ण सरोकारवाला निकाय, बुद्धिजीवी सबैको सुझाव सहयोग अपेक्षा रहेको प्रबन्ध निर्देशक विशाल ढकाल र कार्यक्रम संयोजक खगेन्द्र सुनारको संयुक्त हस्ताक्षरीत प्रेस बक्तब्यमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने