2026-09-19 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

चिसाङ शेर्पा | माघ ९, खोटाङ | खोटाङका नब हाँस्य कलाकार योगिन राई राष्ट्रिय टेली श्रृङखला ‘हाक्का हाक्की’ मार्फत दर्शक र श्रोतामाझ आएका छन् । बिगत लामो समयदेखी राजधानी बसेर नेपाली कलाकारितामा संर्घषशिल, उर्जावान राइ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७:२५ बजे प्रशारण हुने टेलिसिरियल हाक्का हाक्कीबाट उदाएका हुन् ।

रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका २४ वर्षिय स्थानिय राईले सिरियलमा दुई भाग अभिनय गरीसकेका छन् । ‘हाक्का हाक्की’ को १२८ भागमा उनले रस्साकस्सी गफगाफमा ब्यस्त मानिस भएको ठाउँमा आएर बाँड्ने काम गरेका छन् । साप्ताहिक प्रशारण भईरहेको सिरियलमा आगामी भागमा कस्तो रोल हुन्छ भन्ने टुंगो नलागेपनि अबका भागहरुमा आफ्नो धमकेदार प्रस्तुती रहने कलाकार योगिनले बताए । योगिनले हाक्का–हाक्कीका अलवा ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम’ साईलेन्स कमेडी मुभि ‘मुखिया’ लगायतमा अभिनय गरीसकेका छन् । उनी पुर्ब सञ्चारकर्मी पनि हुन् ।  

को हुन् योगिन ? 

रुपाकोट मझुवागढी नगरपालिका बाम्राङ तीनका स्थायी वासिन्दा बाबा हर्कराज राई र आमा यशोदा राईको एकमात्र छोरा हुन् योगिन राई । २०५० सालमा जन्मिएका योगिनले २०६५ सालमा सरस्वती माविबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।

दिक्तेल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा शुरु गरेका कलाकार योगिनले गाउँ, शहर, विद्धालय, क्याम्पस तथा विविध साँस्कृतिक कार्यक्रममा आफ्नो कला देखाउँथे । आफुमा भएको कलालाई अझै देखाउन आतुर उनले २०७३ सालबाट जिल्लामा काम गरीरहेको एफएम छोडेर कलाकारितामा भविष्य खोज्ने काठमाण्डौ छिरे । 

२४ वर्षिय युवामा भएको जोशजागर देखेर जिल्लामा पनि उनलाई भविष्यका होनाहार कलाकारको उपनाम दिईने गरिन्थ्यो । दिक्तेल बहुमुखी क्याम्पसमा बिए अध्ययनलाई थाँती राखेर दुईवर्ष अगाडी राजधानी छिरेका योगिनले एभरेष्ट फिल्मी एकेडेमी, कान्तीपुर फिल्मी एकेडेमीमा अभिनय सम्बन्धी कोर्ष अध्ययन गरे । अभिनयमा कान्तीपुर फिल्मी एकेडेमीबाट गत कात्र्तिकमा डिप्लोमा कोर्ष सकेका योगिनले साईलेन्स कमेडी मुभि मुखिया, ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम, बुढासुब्बा म्युजिक सेन्टरले प्रशारण गर्ने वेभ सिरियल ‘वेलकम टु माई होम, काटकुट, अलपत्र जस्ता सिरियल गरेका छन् । भार्याङ नाट्य समुहका संस्थापक तथा कोषाध्यक्षसमेत रहेका योगिन मिलनसार स्वभाबका ब्यक्ति हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई