2026-08-20 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीमहलमा आधारित चलचित्र बन्ने

माघ १२, काठमाडौँ | त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ । 

स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ । 

वरिष्ठ कलाकार नीर शाह, शेष राणा, प्रशान्त ताम्राकार तथा नयाँ कलाकार आशिष अधिकारी, सहिल श्रेष्ठ, मानषवी खरेल, वर्षा सिवाकोटीलगायत कलाकारले अभिनय गर्नुहुनेछ । वेदप्रसाद भुसाल निर्माता रहेको सो चलचित्रको पटकथा दीपक पौडेलले तयार गर्नुभएको छ भने हिमाल न्यौपानेले निर्देशन गर्नु हुनेछ । 

यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वस्तिक फिल्मस्का अध्यक्ष सुन्दर भुसालले नेपाली मौलिकतामा बनाइने उक्त चलचित्रले प्रेम कथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पाको रानीमहलको ऐतिहासिक पक्षलाई पनि उजागर गर्ने जानकारी दिनुभयो । 

करिब एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौँमा दृष्यांकन गरी दुई महिनाको समयावधिमा निर्माण सम्पन्न गरिने चलचित्र ‘हेलियम ८ के’ नामक क्यामराबाट छायांकन गरिनेछ । 

हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलोपटक नेपाली चलचित्रमा भित्र्याउन लागिएको आयोजकले जनाएका छन् । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण पूरा गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह