2026-10-10 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता हमालको साथमा मिस बिश्वकर्मा इन्टरनेशनलको फाइनल मलेसियामा

माघ १४, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । लामोसयम देखी कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागी तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्यक्ष दीपक बराईलीले जानकारी दिए । फाइनल मलेसियाको  जोहोरबारु कोटजे मार्ट हल मा फेब्रुअरी १८ मा हुने बताइएको छ । 

‘यो भन्दा अघि कतारमा फाइनल हुने भनिएको थियो तर जातियबेसको कार्यक्रम कतारमा गर्न नमिल्ने भन्ने कुरा आएपछि हामीले सोहि कार्यक्रम मलेसियामा गर्ने तय गरेका हौं ।’, बराईलीले भने । उनले यो प्रतियोगीताको उद्देश्य विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा अन्तर्रा्ष्ट्रियस्तर सम्म पुर्याउने भएकोले पनि देश बाहिर गर्नुपर्ने बताए । ‘कार्यक्रमको उद्देश्यका अनुसार नै हामीले बाहिर फाइनल कार्यक्रम गर्न लागेका हौं । नत्र नेपालमै गर्न सक्थेऊ ।’, बराइलीले थपे ।

फाइनल कार्यक्रमका लागी टप ८ प्रतियोगीत, कलाकार, आयोजक टिम सहित जम्मा २५ जनाको टोली मलेसिया प्रस्थान गर्दैछ । कार्यक्रमका कलाकारहरुको तर्फबाट अभिनेता राजेश हमाल, मिस नेपाल सुगरिका केसी, गायक हिमाल सागर, नायिका नम्रता सापकोटा, गायक डेबिट शंकर, सुजना ढकाल, रकेश राइ लगायत रहेका छन् । साथै मलेसियामै रहेका नेपालीकलाकाहरुको पनि प्रस्तुती रहने बताइएको छ । 

मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहेको आयोजनक संस्थाका कोषाध्यक्ष रोहन लोहनीले जानकारी दिए । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने