2026-10-10 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पोखरामा शुरु

माघ १९ पोखरा | नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा आजदेखि पोखरामा चार दिने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ । 

पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित महोत्सवमा विभिन्न ३० देशका ५० वटा चलचित्र प्रदर्शन गर्न लागिएको हो । 

महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट तीन सयको संख्यामा चलचित्र प्राप्त भएकोमा त्यसमध्ये ५० वटा चलचित्रलाई प्रदर्शनका लागि छनोट गरिएको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमिका अध्यक्ष केबी पाठकले जानकारी दिनुभयो । 

महोत्सवको उद्घाटन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले चलचित्रले समाजको चित्रण गर्ने बताउनुभयो । चलचित्रको छायांकनका लागि पोखरा अत्यन्त उर्वरभूमि भएको बताउदै उहाँले निर्माता तथा कलाकारको रोजाइमा यो ठाउँ पर्ने गरेको उल्लेख गर्नुभयो । 

महोत्सवको स्थानीय संयोजक तीर्थ श्रेष्ठले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले पोखराको गरिमालाई उचो बनाएको बताउनुभयो । पोखरामा चलचित्रको छायांकन तथा विकास २०१३ सालयता भएको बताउदै उहाँले भारतीय कलाकार देव आनन्द जस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारले पोखरामा चलचित्रको छायांकन गरेको स्मरण गराउनुभयो । 

प्रदेशसभा सदस्य कृष्ण थापाले प्रकृतिमा मनोरमस्थल पोखरामा रहेको र यहाँ चलचित्रको विकासको पर्याप्त सम्भावना रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले चलचित्र जीवन जगतको चित्रण गर्ने महत्वपूर्ण माध्यम भए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । 

महोत्सवका निर्देशक मनोज पण्डितले चलचित्र समाज, शिक्षा र राजनीति सबै भएको बताउँदै यसको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने