2026-10-10 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के बन्द हुन्छ भद्रगोल ? ‘पाडे’ले लेखे यस्तो स्टाटस !

गोपिकृष्ण चापागाईं । माघ २१, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हाँस्य टेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हव प्रा.ली बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरेले बताएका छन् । 

‘कार्यक्रम को सम्झौता अनुसार कहिलेपनी भुक्तानी भएन । केही कथित ब्यक्ति हरुको मनोमानी ले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हब को कर्मचारी भद्रगोल को निर्देशक भन्दा माथी देखियो ।’, अर्जुनले फेसबुकमा लेखेका छन् ।

भद्रगोल गएको शुक्रबार  १५७ भाग सम्म प्रसारण भएको थियो । पछिल्लो समय समाजका चासोको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दै आएको भद्रगोल नेपाली युट्युव ट्रेडिङको शिर्षस्थानमा पनि धेरैपटक आइरहेको छ । यो भन्दा अघि अन्य हाँस्य टेलिसिरियल पनि यसैगरी बन्द हुँदै आएका छन् । मेरिबास्सै, जिरे खुर्सानी, तितोसत्य लगायतका लोकप्रिय टेलिसिरियलहरु पनि बन्द भएका थिए । मेरिबास्सै र जिरे खुर्सानी पुनः प्रसारण हुन थालेका छन् भने तितोसत्य सधैंका लागी बन्द भयो ।

भद्रगोल बन्द भएको बिषयमा मिडिया हवका सञ्चालक सोम धितालसँग कुरा गर्दा भद्रगोल बन्द नहुने बताउँछन् । उनले भद्रगोलका कलाकार तथा निर्देशकले बन्द गर्छु भन्दैमा बन्द गर्न नसक्ने बताए । ‘अर्जुन जीले बन्द गर्छु भन्दैमा कसरी बन्द हुन्छ ? यहि उहाँले गर्नुहुन्न भने अन्य कलाकार राखेर भएपनि हामी (मिडिया हव)ले बनाउँछौं । ढुक्क हुनुस बन्द हुँदैन ।’, धितालले भने । 

अपडेटः भद्रगोलका कलकार तथा निर्देशक अर्जुन घिमिरेले फेसबुकमा राखेको स्टाटस १० मिनेट नहुँदै हटाइसकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने